IME Life
Beema Board

नेशनल इन्स्योरेन्सद्धारा बाढीले क्षति पुर्याएको रिलायन्स स्पिनिङ मिल्सलाई १५ करोडको दाबी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले रिलायन्स स्पिनिङ मिल्सलाई १५ करोड रुपैयाँको अग्रिम दाबी भुक्तानी गरेको छ । कम्पनीले आफ्नो दायित्व भित्रको २६ करोड मध्ये १५ करोड रुपैयाँ अग्रिम भुक्तानी गरेको हो ।

रिलायन्स स्पिनिङ मिल्समा २०७८ कार्तिक २ गतेको बाढीले ५२ करोड रुपैयाँको क्षति भएको थियो । सर्भेयरको प्रतिवेदन अनुसार उद्योगको मेसिन, गोदाममा बाढीले ५२ करोड रुपैयाँको क्षति भएको पाइएको छ । नेशनल इन्स्योरेन्स कम्पनी सहित अन्य बीमा कम्पनीले को- इन्स्योरेन्समा बीमा गरेका थिए । कम्पनीले ९ अर्ब ८२ करोड बीमाङ्क बराबरको बीमा गरेको थियो ।

Prabhu
Crest

सर्भेयरको रिपोर्ट अनुसार कम्पनीको आफ्नो दायित्व भित्रको २६ करोड रुपैयाँ मध्ये प्रारम्भिक रुपमा १५ करोड रुपैयाँ भुक्तानी गरिएको कम्पनीले जनाएको छ । कम्पनीले आयोजना गरेको एक कार्यक्रममा नेशनल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सिद्धार्थ मजुमदारले रिलायन्स मिल्सका जनरल म्यानेजर अनिल सोमानीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।

दाबी भुक्तानी कार्यक्रममा नेशनलका प्रमुख कार्यकारी अधिकृत मजुमदार र चार्टर्ड एकाउन्टेन्ट पंकज गुलाटीको उपस्थिति रहेको थियो त्यस्तै रिलायन्स स्पिनिङ मिल्सका तर्फबाट जनरल म्यानेजर अनिल सोमानी सहित वित्तीय विभाग प्रमुख मधुसुदन लुइटेलको उपस्थित रहेको थियो । बाँकी भुक्तानी आवस्यक कागजपत्र पुरा भए पछि छिटै भुक्तानी गरिने प्रमुख कार्यकारी अधिकृत मजुमदारले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS