IME Life
Beema Board

मौद्रिक नीति तत्काल नआउने, ‘म्यानेजमेन्ट कमिटी’ मै छलफल जारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मौद्रिक नीति आउन अझै केहि दिन लाग्ने भएको छ । अझै पनि नेपाल राष्ट्र बैंकको ‘म्यानेजमेन्ट कमिटी’ मै छलफल भइरहेकोले अझै केहि समय लाग्ने नेपाल राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए ।

राष्ट्र बैंकले मौद्रिक नीतिका मुलभुत कुराहरु म्यानेजमेन्ट कमिटीबाट टुङ्गो लगाए पछि मात्रै नेपाल राष्ट्र बैंकको बोर्डमा जानेछ । नेपाल राष्ट्र बैंकको बोर्डले पनि यसमा आवस्यक छलफल गरेर पारित गर्नेछ । राष्ट्र बैंकको बोर्डले टुङ्ग्याए पछि बल्ल मौद्रिक नीति जारी हुनेछ ।

Prabhu
Crest

राष्ट्र बैंकले सामान्यतया साउन पहिलो सातामा मौद्रिक नीति ल्याउनु पर्ने मान्यता रहेको छ । गत वर्ष सरकार परिवर्तनका लागि बजेटमै संसोधन गर्नु परेकाले मौद्रिक नीति ढिला गरी आएको थियो । यस वर्ष पनि अर्थमन्त्री जनार्दन शर्माले राजिनामा दिएकाले प्रधानमन्त्री आफै अर्थमन्त्रीको जिम्मेवारीमा छन् । केहि दिन अगाडी प्रधानमन्त्री शेयर बहादुर देउवाले गभर्नर अधिकारीलाई बोलाएर छलफल गरेका थिए ।

राजनीतिक विवादका कारण गभर्नर महाप्रसाद अधिकारीको चौतर्फी विरोध भइरहेको छ । संसदमै उनको राजिनामाको माग गरिएको छ । एकातिर अर्थमन्त्री नभएको अर्को तर्फ गभर्नर अधिकारी विवादमा मुछिए पछि मौद्रिक नीति अन्योलमा परेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS