IME Life
Beema Board

लुम्बिनी जनरल १८ औ वर्षमा प्रवेश, शहरदेखि ग्रामिण क्षेत्रसम्म सेवा विस्तार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी १७ वर्ष पुरा गरी १८ औ वर्षमा प्रवेश गरेको छ । २०६१ साल पुष महिनामा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई २०६२ साउन २ गतेदेखि निर्जीवन बीमा व्यवसायको शुभारम्भ गरेको थियो । ‘उत्कृष्ट बीमा सेवा, हाम्रो प्रतिवद्धता’ भन्ने मुल मन्त्रलाई आत्मासात गर्दै स्थापनाकालदेखिनै सबै वर्गका जनताहरुलाई स्तरीय बीमा सेवा प्रदान गर्दै आएको छ ।

बीमालाई सबै जनताहरुको जीवनको अभिन्न अंङ्गको रुपमा विकास गर्दै आफ्नो सेवालाई शहरदेखि ग्रामिण क्षेत्रसम्म विस्तार गर्दै लगेको छ । प्रधानकार्यालय लगायत मुलुकका ५० वटा प्रादेशिक कार्यालयहरु, शाखा र उपशाखा कार्यालयहरुबाट शहरदेखि गाउँसम्म सेवा प्रदान गर्दै आएको छ ।

Prabhu
Crest

आजदेखि कम्पनी सञ्चालनको १८ औ वर्षमा प्रवेश गरेको शुभ अवसरमा कम्पनीलाई निरन्तर सहयोग प्रदान गर्ने शेयरधनी, ग्राहक, बीमा समिति, विभिन्न नियमनकारी निकायहरु, कर्मचारीहरु, पुनर्बीमकहरु तथा शुभेच्छुक सबै प्रति आभार व्यक्त गरेको छ । कम्पनीले आगामी दिनमा पनि उत्कृष्ट बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

मर्जरका लागि सगरमाथा इन्स्योरेन्स कम्पनी सँग मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेको छ । मर्जरको सहमति गरेको सगरमाथाको पनि आजै वार्षिकोत्सव रहेको छ । दुई कम्पनीले केहि दिन अगाडी मर्जरको सहमितिपत्रमा हस्ताक्षर गरेका थिए । उनिहरुलाई बीमा समितिले शैद्धान्तिक सहमतिपत्र समेत दिइसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS