IME Life
Beema Board

सगरमाथा इन्स्योरेन्स २७ औ वर्षमा प्रवेश, विगत १० वर्षमा मात्रै साढे ९ अर्बको दाबी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी २६ वर्ष पुरा गरी २७ औ वर्षमा प्रवेश गरेको छ । बीमा क्षेत्रको इतिहासमै नेपालमा पहिलो पटक वैदेशिक लगानी भित्र्याउन सफल यस कम्पनी श्रीलंकाको सेलिन्को इन्स्योरेन्स पिएलसि सँग संयुक्त लगानीमा संचालित छ । कम्पनीले २६ वर्ष अगाडी आजैका दिन अर्थात २०५३ साउन २ गते निर्जीवन बीमा व्यवसाय शुभारम्भ गरेको थियो ।

कम्पनीले सुगमदेखि अति दुर्गम क्षेत्रमा ८० भन्दा धेरै वटा शाखा मार्फत आफ्नो सेवा प्रवाह गर्न सफल रहेको छ । कम्पनीले मोटर बीमामा दुर्घटना स्थलमै दाबी फर्छ्यौट गर्ने गरी सञ्चालनमा ल्याएको ‘सगरमाथा भिआइपी अन दि स्पट’ कार्यक्रमलाई देशका मुख्य शहरी क्षेत्रमा विस्तार गरिरहेको छ ।

Prabhu
Crest

स्थापनाकालदेखि आजसम्म कम्पनीले नेपाली बीमा बजारमा आफ्नो बिशिष्ठ छाप छोड्दै समय समयमा इनोभेटिभ प्रोडक्टहरु प्रचलनमा ल्याउदै बीमा व्यवसायको प्रगतिमा कहिलै पछाडी फर्केर हेर्न नपर्ने अवस्थालाई स्थापित गरेको छ ।

नेपालको निर्जीवन बीमा बजारको क्षेत्रमा आफुलाई एक अब्बल कम्पनीका रुपमा उभ्याउन सफल यस कम्पनीलाई आगामी दिनमा अझै प्रविधि मैत्रि, गुणस्तरीय, विश्वासिलो र बीमितको सेवामा थप समर्पित हुने प्रतिवद्धता समेत व्यक्त गरेको छ । २६ औ वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीले ग्राहकहरुबाट प्राप्त स्नेश, सहयोग र सद्भावनाको लागि कृतज्ञता व्यक्त गरेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ मा तीन अर्ब १० करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । यस अवधिमा कम्पनीले २ लाख ४७ हजार वटा बीमा पोलिसी जारी गरेको छ । नेपाल अधिराज्यभर ८६ वटा शाखा कार्यालय र ४३७ कर्मचारी मार्फत निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आइरहेको छ ।

विगत १० वर्षको अवधिमा कम्पनीले साढे ९ अर्ब भन्दा माथिको दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षमा मात्रै कम्पनीले एक अर्ब ८४ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । यस भन्दा अघिल्लो वर्षमा कम्पनीले एक अर्ब ३४ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS