IME Life

तरलता सहज हुँदै : असारमै थपियो ९४ अर्ब निक्षेप, सिडी रेसियो ८८.५५ प्रतिशतमा झर्यो

SPIL
NIC ASIA

काठमाडौं । बाणिज्य बैंकहरुमा चरम तरलता अभावको समस्या समाधान हुने संकेत देखिएको छ । सिडी रेसियो टाइट हुँदा कर्जा लगानी नै ठप्प भइरहेको अवस्थामा असार महिनामा मात्रै ९४ अर्ब रुपैयाँले निक्षेप भित्रिएको छ । निक्षेप संकलन बढे सँगै सिडी रेसियो भने ८८.५५ प्रतिशतमा झरेको छ । केहि महिना अगाडी बाणिज्य बैंकहरुको सिडी रेसियो ९२ प्रतिशतसम्म पुगेको थियो ।

असार महिनाका चार सातामा बाणिज्य बैंकहरुले निक्षेप संकलन ९४ अर्बले बृद्धि गर्दा कर्जा लगानी १९ अर्बले खुम्चिएको छ । बैंकर्स संघका अनुसार असार २४ गतेसम्ममा बाणिज्य बैंकहरुले ४४ खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । जवकी जेठ अन्तिम दिन बाणिज्य बैंकहरु सँग निक्षेप संकलन ४४ खर्ब मात्रै थियो ।

Prabhu
Crest

त्यस्तै कर्जा विस्तार भने खुम्चिन थालेको छ । बाणिज्य बैंकहरुले कर्जा असुली गरिरहेका छन् । तर सिडी रेसियो व्यवस्थापनका लागि नयाँ कर्जा प्रवाह नगर्दा कर्जा विस्तार घटेको हो । गत जेठ मसान्तमा कर्जा विस्तार ४१ खर्ब ९३ अर्ब रुपैयाँ थियो । तर अहिले कर्जा लगानी ४१ खर्ब ७४ अर्ब रुपैयाँ मात्रै छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS