IME Life
Beema Board

मर्जर पछि नेपाल बंगलादेश बैंकका शेयरधनीलाई चरम घाटा, लाभांश नै कुर्नु पर्ने स्थिति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नबिल बैंकमा मर्ज भएको नेपाल बंगलादेश बैंकका शेयरधनीहरुलाई नबिल बैंकको पछिल्लो शेयर मूल्यका आधारमा चरम घाटा देखिएको छ । मर्जर हुने हल्लाले नेपाल बंगलादेश बैंकको शेयर खरिद गर्नेहरुले कारोबारको सुरुवाति अवस्थामै घाटा बेहोर्ने भएका छन् ।

अहिले नविल बैंकको शेयर मूल्य ७९९ रुपैयाँ हाराहारी छ । गत शुक्रवारको क्लोजिङ प्राइज ८२६ रुपैयाँ थियो । बजार लगातार तल झरिरहेको हुँदा नविल बैंकको शेयर मूल्यमा पनि चरम गिरावट आएको छ । जवकी नेपाल बंगलादेश बैंकको कारोबार ३९९ रुपैयाँमा बन्द भएको थियो । बैंकको १८० दिनको औषत शेयर मूल्य हेर्ने हो भने ४०७ रुपैयाँ पर्न जान्छ भने १२० दिनको औषत मूल्य ४१४ रुपैयाँ छ । एक वर्षको अवधिमा बंगलादेश बैंकको शेयर मूल्य अधिकतम ५१५ रुपैयाँसम्म पुग्यो ।

Prabhu
Crest

मानौ मर्जर अगाडी शेयरधनीहरुले नेपाल बंगलादेश बैंकका शेयरधनीहरुले १८० दिनको औषत मूल्य अर्थात ४०७ रुपैयाँमा खरिद गरेका थिए । यदि उनिहरुले ४०७ रुपैयाँमा १०० कित्ता शेयर खरिद गरेका थिए पनि लागत ४० हजार ७०० रुपैयाँ पर्न आउछ ।

यदि अहिले कायम शेयर मूल्य ८०० रुपैयाँमै बिक्री गरियो भने जम्मा ३४ हजार ४०० रुपैयाँ पर्न आउछ । यहि आधारमा नेपाल बंगलादेश बैंकको शेयरमा अहिले लगानीकर्ताहरुलाई १५ प्रतिशत भन्दा माथिको नोक्सानी बेहोर्नु पर्ने देखिन्छ ।

अवको केहि दिनमा नेपाल बंगलादेश बैंकका शेयरधनीहरुले नविल बैंकको नाममा शेयर खरिद बिक्री गर्न पाउनेछन् । त्यतिवेलासम्ममा लगानीकर्ताहरुलाई पर्ता पर्न नविल बैंकको शेयर मूल्य कम्तिमा पनि ९५० रुपैयाँ पुग्नु पर्नेछ । यदि लगानीकर्ताले ४१० रुपैयाँ भन्दा बढिमा शेयर खरिद गरेका रहेछन् भने लागत उठाउन अझै धेरै मूल्य कुर्नु पर्छ ।

तर हिजोको नेपाल बंगलादेश बैंकको शेयर होल्ड गरेर बसेका लगानीकर्ताका लागि भने लभांशका हिसावले सबैभन्दा राम्रो हुनेछ । नविलको आकर्षक लाभांशले पनि उनिहरुको घाटा पुर्ती गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS