IME Life

सातामा नेप्से सूचक १६६ अंकले बाउन्स व्याक, के अव घट्ने क्रम रोकिएको हो ?

SPIL
NIC ASIA

काठमाडौं । लगातार १० महिनासम्म ओरालो झरेको शेयर बजार यस साताबाट रोकिएको छ । साताकै सुरुदेखिनै सुधारिन थालेको नेप्से सूचक एक सातामै १६६ अंकले बाउन्स व्याक भएको छ । गत भदौ २ गते शेयर बजार ३१९९ अंकको अधिकतम विन्दुमा पुगेर ओरालो यात्रा तय गरेको थियो ।

यसरी एकोहोरो बजार ओरालो झर्दा लगानीकर्ताले ठुलो आन्दोलन गर्नु पर्यो । शेयर लगानीकर्ता तिलक कोइराला आमरण अनसनमै बसे । केहि लगानीकर्ताले लगातार शक्ति केन्द्रमै धाए । यस अवधिमा शेयर बजार घट्नुको प्रमुख कारण थियो लिक्वीडिटी क्रन्च । बैंकहरुले कर्जा प्रवाह गर्नै सकेनन् ।

Prabhu
Crest

त्यस पछि दोस्रो ठुलो कारण थियो नेपाल राष्ट्र बैंकको नीति । राष्ट्र बैंकले तरलता अभावलाई व्यवस्थापन गर्ने नाममा शेयर बजारमा पहिलो हतियार प्रयोग गर्यो । ठुला लगानीकर्तालाई डिस्करेज गर्ने हिसावले ४/१२ को नीति ल्याएर बजारमा पेनिक अवस्था शिर्जना गर्यो । त्यस सँगै नेपाल राष्ट्र बैंकले सिसिडी रेसियो खारेज गरी सिडी रेसियोको व्यवस्था गर्यो । यसले गर्दा बैंकहरुले नयाँ कर्जा प्रवाह गर्नै नसक्ने अवस्थामा पुगे । अझ यहि असार मसान्तभित्र सिडी रेसियो ९० प्रतिशत भित्र झार्ने पर्ने अन्यथा नेपाल राष्ट्र बैंकले दिदै आएको सम्पुर्ण सहुलियत बन्द गर्ने चेतावनी दियो । यसले शेयर बजारमा ठुलो क्राइसिस निम्त्यायो ।

अर्थमन्त्री र गभर्नरको समन्वय नहुँदा यसको सिकार शेयर बजार बन्यो । गभर्नरले अर्थमन्त्रीले भनेको नटेर्ने अवस्थाले पनि अर्थतन्त्र थप जटिल मोडमा पुग्यो । अझै पनि पेट्रोलियम पदार्थको मूल्य बृद्धिले अर्थतन्त्र कुन अवस्थामा पुग्ने हो पत्तो छैन ।

तर यस साता शेयर बजारमा केहि सुधारको संकेत देखियो । यसको पहिलो कारण हो नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा केहि न केहि भए पनि संबोधन गर्छ भन्ने अपेक्षाले हो । राष्ट्र बैंकले शेयरधितो कर्जाको सिमा, शेयरधितोकर्जाको गणना विधि, सिडी रेसियोको गणना विधिमा कहि लचकता अपनाउने भन्ने खालेका हल्लाले शेयर बजारलाई काम गरेको छ ।

अर्को कारण हो शेयर बजार गत भदौ २ गतेको तुलनामा १३३७ अंकले घट्यो । यस अवधिमा धेरै राम्रा कम्पनीको शेयर मूल्य पनि सर्वाधिक तल झर्यो । त्यसैले गर्दा लगानीकर्ताहरु बजारको सबैभन्दा तल्लो विन्दु कुरेर बसिरहेका थिए । उनिहरु बजार सुधार हुने संकेत सँगै राम्रा र बढ्न सक्ने कम्पनीको खरिदका लागि मौका कुरेर बसेका थिए । उनिहरुले यस साता राम्रो शेयर उठाएका छन् ।

तेस्रो कारण हो ठुला लगानीकर्ता तथा संस्थागत लगानीकर्ताहरु अहिले मार्जिन कलले हैरान थिए । शेयर बिक्री गर्दा लिएर कर्जा तिर्न पुग्दैन । नबेचौ मार्जन कलले हैरान अर्को तर्फ बीमा बैंक जस्ता संस्थागत लगानीकर्ताहरुले प्रभिजनिङ गर्नु पर्ने बाध्यतामा थिए । यदि यो समयमा बजार सुधार हुन सकेन भने उनिहरुले आगामी आर्थिक वर्षमा लाभांश दिनै नसक्ने अवस्थामा पुग्ने थिए । यसले गर्दा ठुला तथा संस्थागत लगानीकर्ताहरुले नै शेयर बजार सुधारका लागि जोड बल गर्न खोजिरहेका थिए ।

चौथो कारण अव साउन पहिलो सातादेखि सूचिकृत कम्पनीहरुले यस आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै छन् । साउन भदौ महिना लाभांश घोषणाको सिजन हो  । अव अहिलेको तल्लो विन्दुमा शेयर खरिद गर्दा अवको दुई तीन महिनामा राम्रो लाभांश पाउन सकिन्छ । यसले पनि शेयर बजार सुधारका लागि बल पुर्याएको छ । साथै साउन एक गते राष्ट्र बैंकले पनि मौद्रिक नीति ल्याउने छन् । कितपय विषयवस्तु आन्दोलित लगानीकर्ताको माग संबोधन गर्नै पर्ने बाध्याता छ । आमरण अनसन बसेका लगानीकर्ताले राखेका माग संबोधन गर्नै पर्ने बाध्याले पनि शेयर बजार सुधारका लागि केहि जोड बल पुर्याउने अपेक्षा गरिएको छ ।

नेपाल राष्ट्र बैंकले सिडी रेसियो कार्यान्वयनका लागि यस वर्ष लिएको अडानले अहिले बैंकहरु सँग प्रसस्त तरलता छ । यसमा अलिकति मात्रै लचतकता अपनाउने हो भने बैंकहरुले ठुलो रकम लगानी गर्न सक्ने अवस्थामा पुग्ने छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार सिडी रेसियो औषतमा ९० प्रतिशत भन्दा तल झरेको छ । साथै बैंकहरुले राम्रो डिपोजिट बढाइरहेका छन् ।

अव सरकारले केहि समयमै चुनाव घोषणा गर्नेछ । स्थानीय तहको चुनाको तुलनामा संघिय चुनाव शेयर बजारका लागि सधै उत्साहजन नै हुने गरेको छ । यस चुनावमा नेताहरुले कालो धन बाहिर ल्याउने भएकाले शेयर बजार हुँदै बैंकिङ प्रणालीमा पैसा जान्छ । यसले पनि शेयर बजारका लागि आगामी दिन राम्रो देखिन्छ ।

यसले गर्दा अवको केहि समय शेयर बजारका लागि खुद पक्ष रहेको छ । प्राविधिक विश्लेषकहरुले पनि शेयर बजारले सुधारको लय समातेको विश्लेषण गरेका छन् । यस साता बजार सुधारका लागि सबैभन्दा ठुलो हात प्राविधिक विश्लेषकहरुको छ । उनिहरुले अव शेयर बढ्छ उठाउदा हुन्छ भन्ने सल्लाह दिए सँगै लगानीकर्ताले शेयर खरिद गरेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS