नेप्से २३ अंकले घट्यो, २ अर्बमाथिको कारोबार हुँदा लगानी कोषको सर्वाधिक

काठमाडौं । साताको दोस्रो दिन आज शेयर बजार घटेको छ । हिजो ९४ अंकले बढेको शेयर बजार आज परिसूचक २३ दशमलव ८५ अंकले घटेर १,९३३ दशमलव १३ को विन्दुमा कायम भएको छ । आज २४ कम्पनीको शेयर मुल्य बढेको छ भने १६८ कम्पनीको शेयर मुल्यमा गिरावट आएको छ । आज जीवन बीमा उपसूचक र इन्भेष्टमेन्ट बाहेक सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २२९ वटा कम्पनीको ५६ लाख ४१ हजार ५४० कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४ करोड ४८ लाख ३१ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नागरिक लगानीकोषको शेयर कारोबार भएको छ । कम्पनीको १५ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिष्टिलरीको ९ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एलआइसी नेपालको ८ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ७ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । एलआइसी नेपालका लगानीकर्ताले ९ दशमलव १५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार