IME Life
Beema Board

ज्योति विकास बैंकको मणिग्राम र परासी शाखा उद्घाटन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ज्योति विकास बैंकले २०७९ असार १० गते शुक्रबार मणिग्राम र परासीमा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखाहरु सञ्चालनमा ल्याइएको हो।

तिलोत्तमा नगरपालिका वडा नं। ५, रुपन्देहीस्थित मणिग्राम शाखाको समुद्घाटन तिलोत्तमा नगरपालिकाका मेयर राम कृष्ण खाण र बैंकका संचालक सुरेन्द्र बहादुर नेपालीले संयुक्त रुपमा गरेका थिए ।

Prabhu
Crest

साथै, रामग्राम नगरपालिका वडा नं ३ परासीस्थित परासी शाखाको समुद्घाटन रामग्राम नगरपालिकाका मेयर धनपत यादव र बैंकका संचालक मन महर्जनले संयुक्त रुपमा गरेका थिए ।

उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्य,बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु,ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो।

नयाँ शाखाहरुको उद्घाटन अवसरमा बैंकले मणिग्राम र परासी शाखाका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै क्युआर कोड निशुल्क डलर कार्ड जारी, निशुल्क डिम्याट खाता, निस्शुल्क मेरोसेयर रजिस्ट्रेशन, निशुल्क डेबिट कार्ड, निस्शुल्क मोबाईल बैंकिंग सेवा, निस्शुल्क इन्टरनेट बैंकिंग सेवा , सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०.२५ प्रतिशत छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS