एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको कारोबार हुने दिन परिवर्तन

काठमाडौं । एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको इकाई कारोबार हुने दिन परिवर्तन भएको छ । यसअघि सोमवारदेखि शुक्रवारसम्म कारोबार हुँदै आएको उक्त इकाईको अब असार १ गतेदेखि आइतवारदेखि शुक्रवारसम्म कारोबार हुन लागेको हो ।

सरकारले असार १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय खारेज गरेसँगै उक्त योजनाको इकाई कारोबार हुने दिन परिवर्तन भएको हो । यस इकाई आइतवारदेखि बिहीवारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र शुक्रवार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म कारोबार गर्न सकिने व्यवस्था छ ।

शनिवार तथा अन्य सार्वजनिक बिदाका दिन कार्यालय तथा काउन्टर बन्द रहने क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार