IME Life
Beema Board

बीमा विधेयक पारितका लागि प्रतिनिसभामा पेश, १७ वटा बैठकबाट प्रतिवेदन तयार

SPIL
NIC ASIA

काठमाडौं । अर्थसमितिका सभापति कृष्ण प्रसाद दाहालले संघिय संसद प्रतिनिधि सभामा ‘बीमा विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७९’ पेश गरेका छन् । दाहालले आज संघिय संसदमा विधेयक पेश गरेका हुन् ।

यो विधेयक २०७५ साउन २१ गते बसेको प्रतिनिधिसभाको बैठकमा पेश गरिएको थियो । तर विधेयकमा १३ जना सांसदले ८५ वटा बुँदामा संसोधनका लागि पेश गरेका थिए । सर्वाधिक धेरै संसोधनको प्रस्ताव पेश भए सँगै साउन २२ गते बीमा सम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकलाई दफादार छलफलको लागि अर्थसमितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित भएको थियो ।

Prabhu
Crest

प्रनिधिसभाले अर्थसमितिमा दफादार छलफलका लागि पठाए पछि अर्थसमितिले विभिन्न समयमा १७ वटा बैठक बस्यो । अर्थसमितिले २०७५ मंसिर १७ गतेदेखि छलफल सुरु गरेको थियो ।  त्यस्तै दोस्रो पटक २०७६ फागुन १२, २२, ३०, तेस्रो पटक २०७६ चैत १ २ ४ र ६ गते पाँचौ पटक २०७७ साउन १३ १४ १५ र १६ गते, छैठौ पटक २०७७ चैत ९ ११ र १२ गते, सातौ पटक २०७९ जेठ ३१ र असार २ गते बसेका बैठकले विधेयक माथि दफादार छलफल भएको थियो ।

अर्थसमितिले असार २ गते अन्तिम पटक छलफल गरेर प्रतिवेदन तयार पारेको थियो । यसमा सुझावका आधारमा केहि बुँदाहरु थप गरिएको तथा घटाइएको थियो । अर्थसमितिले पुर्व अर्थमन्त्री, बीमा समितिका अध्यक्ष, बीमा क्षेत्रका विज्ञहरु, जीवन तथा निर्जीवन बीमक संघका प्रतिनिधिहरु, बीमा कम्पनीका अध्यक्षहरु लगायत सँग छलफल गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS