IME Life
Beema Board

अर्थसमितिबाट टुङ्गियो बीमा विधेयक, असारभित्रै पारित गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अर्थसमितिले बीमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको छलफल टुङ्गाएर विवादित विषयमा सहमति जुटाएको छ । बीमा विधेयकमा रहेका अधिकाम्स विवादित विषयलाई किनारा लगाउदै अर्थसमितिले आज पनि बीमा कोष, सञ्चालक समितिको संचरना, बीमाको किसिम र प्रकार लगायत यस भन्दा अगाडी उठेका कतिपय विवादित विषयमा छलफल गरेको थियो ।

छलफलमा अर्थसमितिका सभापति कृष्ण प्रसाद दाहाल, सदश्यहरु पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, मिनेन्द्र रिजाल सहित अन्य सदश्यहरुको उपस्थिति थियो । त्यस्तै अर्थमन्त्री जनार्दन शर्मा, अर्थ सचिव मधु कुमार मरासिनी, राजस्व सचिव कृष्णहरी पुस्कर, बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशकहरु सुशिलदेव सुवेदी र दिनेशलाल कर्णको उपस्थिति थियो ।

Prabhu
Crest

आजै बसेको अर्थसमितिको बैठकले विवादित विषयमा टुङ्गो लगाएर प्रतिवेदनमा उल्लेख गर्ने र उक्त प्रतिवेदन राष्ट्रिय सभामा पेश गर्ने निर्णय गरेको छ । त्यस पछि बल्ल राष्ट्रिय सभामा बीमा विधेयक माथि छलफल हुनेछ । राष्ट्रिय सभाले बीमा विधेयक पारित गरेपछि बल्ल संघिय सभामा पेश गर्नेछ ।

यसरी दुबै सभाबाट पारित भए पछि मात्रै बीमा विधेयकले मुर्तरुप लिनेछ । आगामी साउनदेखि संसद बन्द हुने भएकाले यहि असार भित्रमा दुबै संसदबाट पारित गर्न पहल गर्ने सहमति समेत भएको छ । संसदमा दर्ता भएका विधेयक मध्ये बीमा विधेयक सबैभन्दा पुरानो विधेयक हो ।

यस भन्दा अगाडी तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा विधेयकमा विधेयक पारित हुने वित्तीकै बीमा प्राधिकरणको सञ्चालक समिति तथा अध्यक्ष नै परिवर्तन हुने व्यवस्था थप गरिदिएका थिए । यसका साथै यस विधेयकमा सबैभन्दा धेरै संशोधनको प्रस्ताव परेको थियो । धेरै नै विषयहरु विवादमा आए पछि संसदले पुनः छलफलका लागि अर्थसमितिमा विधेयकलाई फिर्ता पठाइदिएको थियो ।

तत्कालिन प्रधामन्त्री केपि शर्मा वलीले संसद नै विघठन गरिदिए पछि बीमा विधेयक अगाडी बढ्न सकेको थिएन । यसरी लामो समयसम्म विधेयक पारित हुन नसके पछि अहिले अर्थमन्त्री लगायत उच्च पदस्थ व्यक्तिहरु नै यसलाई छिटो भन्दा छिटो पारित गर्न सहमत भएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS