IME Life
Beema Board

वागमति प्रदेश सरकारको प्राथमिकतामा परेन बीमाका कार्यक्रमहरु

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । वागमति प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि सार्वजनिक गरेको बजेट वक्तव्यमा बीमाका ठोस कार्यक्रमहरु पर्न सकेन । प्रदेश सरकारले बीमा कम्पनीहरु सँग सहकार्य गर्ने बाहेक अन्य कुनै पनि किसिमको कार्यक्रम उल्लेख गरेको छैन ।

बजेटमा बीमा कम्पनीहरुसँगको सहकार्यमा बाली तथा पशु बीमा सेवालाई विस्तार गरिनेछ भनिएको छ । त्यस्तै प्रदेश भित्र बीमा व्यवसायलाई अभिबृद्धि गर्न बीमा कम्पनीहरुसँग सहकार्य गरिनेछ भनिएको छ । त्यस्तै प्रदेशका आर्थिक क्रियाकलाप अनुरुप बीमा वस्तुको विविधिकरण र विकास गर्न बीमा कम्पनीहरुलाई प्रोत्साहन गरिनेछ भनिएको छ ।

Prabhu
Crest

प्रदेश सरकारको मातहतमा कार्यरत कर्मचारीहरुको बीमालाई जोड दिइएको छ । आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले प्रदेश सरकारको मातहतमा कार्यरत कर्मचारीहरुको १० लाख रुपैयाँ बराबरको सामुहिक दुर्घटना बीमा गर्न प्रिमियम वापतको रकम विनियोजन गरेको बताएका छन् ।

बागमति प्रदेश सरकारले बाली तथा पशुपंछी बीमा सेवालाई विस्तार गर्ने भएको छ । बीमा कम्पनीहरुसँग सहकार्य गर्दै बाली तथा पशुपंछी बीमा सेवालाई विस्तार गर्ने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS