IME Life
Beema Board

नेपाल फाइनान्सको हकप्रद शेयरमा आजसम्म आवेदन दिन सकिने

SPIL
NIC ASIA
Sanima Reliance

काठमडौं । नेपाल फाइनान्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जेठ ६ गतेदेखि १० बराबर ७ को अनुपातमा प्रतिशेयर १ सय रुपैयाँ अंकित दरको ३४ करोड ५४ लाख ४७ हजार ४२८ बराबरको ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

उक्त हकप्रद निष्काशनका लागि कम्पनीले बैशाख २१ गते बुक क्लोज गरिसकेको छ । यसअनुसार बैशाख २० गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

कम्पनीको हकप्रद शेयरको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा प्रभु क्यापिटल, नेपाल फाइनान्सका केन्द्रीय तथा शाखा कार्यालयहरु र धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयरबाट आवेदन दिन सकिनेछ ।

कम्पनीको हकप्रदलाई इक्रा नेपालले इक्राएनपी आईआर सी प्लस रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ ।

हाल कम्पनीको चुक्तापूँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रहेको छ । हकप्रद निष्काशनपछि उक्त पूँजी ८३ करोड ८९ लाख ४३ हजार ७५२ दशमलव ५० पुग्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS