IME Life
Beema Board

बीमा क्षेत्रकै एक मात्रै महिला सिइओ उपासनाको वार्षिक तलब भत्ता ४५ लाख ६८ हजार, अरु के के छन् सुविधा ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा क्षेत्रकै एक मात्र महिला सिइओ उपसना पौडेलले वार्षिक ४५ लाख ६८ हजार ६५१ रुपैयाँ तबल भत्ता बुझेकी छिन् । पौडेलले यस बाहेक युनाइटेड इन्स्योरेन्स कम्पनीको नियम अनुसार संचयकोष, उपदान, दसै खर्च, औषधोउपचार खर्च, संचित बिदा खर्च, बोनस, अन्य भत्ता सवारी तथा इन्धन सुविधा पाउछिन् ।

पौडेल २०७८ बैशाखमा नियुक्त भएकी थिइन् । उपसना पौडेल बीमा क्षेत्रबाट पहिलो पटक सिइओ बन्न सफल भएकी थिइन् । पौडेल ३४ वर्षको उमेरमै सिइओ बनेकी हुन् । बीमा कम्पनीहरुमा प्रमुख कार्यकारी अधिकृत सबैभन्दा सर्वोच्च पद हो । साथै सबैभन्दा सेवा सुविधा पनि पाउने व्यवस्था रहेको हुन्छ ।

Prabhu
Crest

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मा सञ्चालकहरुलाई सञ्चालक समितिको बैठक भत्ता बापत ९ लाख एक हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीको २५ औ वार्षिक साधारणभाले अध्यक्षलाई प्रति बैठक भत्ता ११ हजार र अन्य सदश्यहरुलाई १० हजार रुपैयाँ बैठक भत्ता प्रदान गर्ने निर्णय गरेको थियो ।

प्रमुख कार्यकारी अधिकृत बाहेक अन्य प्रबन्धकहरुलाई तलब भत्ता बापत एक करोड ५३ लाख रुपैयाँ भुक्तानी दिएको छ ।

गत आर्थिक वर्षमा कम्पनीले कर्मचारीहरुलाई तलब बापत ९ करोड ६० लाख रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै भत्ता बापत ३ करोड १६ लाख रुपैयाँ, दशै खर्च ६५ लाख ३६ हजार रुपैयाँ, कर्मचारीको सञ्चयकोषमा ५९ लाख ६२ हजार रुपैयाँ, तालिम खर्च ६ लाख ४० हजार, पोशाक २१ लाख ९ हजार, औषधोपचार ६३ लाख ५१ हजार, बीमा तीन लाख ७४ हजार रुपैयाँ भुक्तानी गरेको छ । समग्रमा कर्मचारीहरुका लागि १५ करोड ५७ लाख रुपैयाँ खर्च भएको छ ।

कम्पनीले आज २८ औ वार्षिक साधारणसभा आयोजना गरेको छ । सभामा कुनै पनि लाभांशको प्रस्ताव छैन । सभाले संस्थापक समुहबाट चार जना र सर्वसाधारण समुहबाट २ जनाको निर्वाचित गरेको छ । निर्वाचन समितिले चयन गरेका पदाधिकारीहरुलाई आजको सभाले अनुमोदन गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS