IME Life
Beema Board

एशियन र नेपाल लाइफका बीमितले ईसेवाबाटै कर्जाको साँवा र ब्याज भुक्तानी गर्न सक्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । विद्युत्तीय भुक्तानी सेवा प्रदायक ईसेवाले दुई ठूला जीवन बीमा कम्पनीको बीमितलाई बीमालेख सम्बन्धमा थप सेवा उपलब्ध गराएको छ । ईसेवाले आफ्नो वेबसाइट वा एप्सको माध्यमबाट नेपाल लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्स कम्पनीका बीमितले बीमालेख कर्जावापतको साँवा र ब्याज भुक्तानी गर्ने सेवा उपलब्ध गराएको हो ।

नविकरण बीमाशुल्क भुक्तानी र बीमालेख कर्जा भुक्तानीको विकल्प एकै ठाउँमा उपलब्ध हुँदा बीमित झुक्किने समस्या देखिएकाले ईसेवाले बीमालेख कर्जा भुक्तानीको लागी बेग्लै प्रबन्ध मिलाएको हो । ईसेवाको इन्स्योरेन्स अप्शनभित्र पोलिसी लोन पेमेन्ट( बीमालेख कर्जा भुक्तानी) को लागी बेग्लै सुविधा उपलब्ध गराएको हो ।

Prabhu
Crest

यी दुबै जीवन बीमा कम्पनीको बीमितले बीमालेख नम्बर र बीमितको जन्ममितिको विवरण एप्समा हालेर अब सहजै आफूले लिएको बीमालेख कर्जाको साँवा र ब्याजबारे जानकारी लिन सक्नेछन् । त्यसको साथै ब्याज र साँवा रकम पनि भुक्तानी गर्न सक्नेछन् । बीमालेख कर्जाको ब्याज रकम पुरै भुक्तानी गर्नुपर्नेछ भने साँवा रकम आफ्नो सुविधा अनुसार आंशिक रुपमा भुक्तानी गर्न सकिने सुविधा रहेको ईसेवाले जानकारी दिएको छ ।

बीमालेख कर्जा चाँडै शुरु हुँदै
बीमितलाई जीवन बीमालेख सम्बन्धी सम्पूर्ण सेवा सहजरुपमा उपलब्ध गराउने उद्देश्यले ईसेवाले क्रमशः सेवा थप्दै गएको छ । नविकरण बीमाशुल्क भुक्तानीको सेवा पछि प्रथम बीमाशुल्क भुक्तानीको सेवा शुरु गरेको थियो । त्यसपछि बीमालेख कर्जाको साँवा र ब्याज भुक्तानी सुविधा थपेको हो ।

हालै नयाँ बीमालेख खरिद गर्ने सुविधा समेत शुरु गरिसकेको छ । यो सुविधा अन्तर्गत सन नेपाल लाईफले बिक्री गर्ने बीमालेख ईसवा एप्सबाटै खरिद गर्न सकिने सुविधा छ । बीमालेख बिक्री गर्ने सुविधा शुरु गरेकोमा अब चाँडै नै बीमालेख कर्जा सुविधा समेत उपलब्ध गराउनको लागी आवश्यक गृहकार्य भइरहेको सम्बद्ध श्रोतले जानकारी दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS