IME Life
Beema Board

नेप्से २००० माथि तर दुई दर्जन बढी कम्पनीको मूल्य नेप्से ११०० हुँदा भन्दा कम ! ( सूची सहित )

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । परिसूचक घट्दै २००० को विन्दु तर्फ आएको छ । वि.स. २०७८ साल भाद्र २ गते नेप्सेकै ईतिहासको उच्च विन्दु ३२०० सम्म पुगेको बजार अहिले भने २०७८ को विन्दुमा पुगेको छ । यो अवधिमा धेरै कम्पनीहरुको शेयरको मूल्य निकै घटेको छ ।

हाल जेष्ठ २० गते नेप्से परिसूचक २०७८ दशमवल ७० विन्दुमा बन्द भएको छ । परिसूचक यस अघिको बियरको न्यून विन्दु ११०० भन्दा करिव ८८ प्रतिशत माथि छ तर पनि केही कम्पनीको शेयर मूल्य भने ११०० विन्दु हुँदाको बेला भन्दा पनि तल आएको देखिएको छ । फागुन १९, २०७५ मा नेप्से अघिल्लो वियर चक्रको न्यून विन्दु ११०० दशमवल ५८ मा बन्द भएको थियो ।

Prabhu
Crest

नेप्से परिसुचक ११०० पुगेको दिन भन्दा अहिले २८ कम्पनीको शेयर मूल्य सस्तो देखिएको छ । नेप्से परिसूचकमात्र हेरेर लगानीकर्ताले बजारको अवस्था हेर्न नहुने शेयर बजार सम्बन्धी जानकार बताँउछन । जानकारका अनुसार नेप्से परिसूचक माथि हुँदा पनि केही कम्पनीको शेयर निकै तल्लो विन्दुमा आएको हुन सक्छ र नेप्से तल हुँदा पनि केही शेयर माथील्लो विन्दुमा हुन् सक्छ।  त्यसैले लगानीकर्ताले लगानी गर्न पूर्ण नेप्से परिसूचकसँगै सम्बन्धीत कम्पनीलाई पनि हेर्न जरुरी छ ।

नेप्से ११०० पुगेको दिन भन्दा आज युनाइटेड इन्स्योरेन्सको शेयर सर्वाधिक सस्तो देखिएको छ। उक्त दिन युनाइटेड इन्स्योरेन्सको शेयर मूल्य ७६६ रुपैयाँ रहेकोमा पछिल्लो बजार मूल्य अनुसार कम्पनीको बजार मूल्य ४०२ रुपैयाँ रहेको छ। समिक्षा अवधिमा कम्पनीको बजार मूल्य प्रति कित्ता ३६४ रुपैयाँ ( ४८%) तल छ ।

त्यस्तै दोश्रोमा नेपाल इन्भेष्टमेण्ट बैंकको बजार मूल्य ११०० परिसूचक पुगेको दिन ५०० रुपैयाँ रहेकोमा हाल २८७ रुपैयाँ रहेको छ। समिक्षा अवधिमा कम्पनीको बजार मूल्य प्रति कित्ता २१३ रुपैयाँ ( ४३%) तल छ । नेपाल इन्भेष्टमेण्ट बैंकको केही दिन अघि मात्र शेयर कारोवार पुन सुरु भएको हो । कम्पनीको हिमालयन बैंकसँग मर्जर तोडिएपछि सुरु भएको कारोवारमा आक्रामक बिक्री चाप देखिएको थियो ।

२८ कम्पनी मध्ये ९ वाणिज्य बैंकको शेयर मूल्य ११०० परिसूचक पुगेको दिन भन्दा पनि कम छ भने दोश्रोमा ७ निर्जीवन बीमा कम्पनीहरु सो सूचीमा पर्दछन।

नेप्से परिसूचक ११०० पुगेको दिन भन्दा पनि आज कम बजार मूल्य भएका शेयरहरु:
वाणिज्य बैंक : ९
निर्जीवन बीमा : ७
जीवन बीमा : ४
लघुवित्त : ४
हाइड्रोपावर : २
उत्पादन तथा प्रशोधन : १
लगानी : १

नोट : यो सामाग्री विशुद्ध शैक्षिक प्रयोजनका लागि मात्र हो। 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS