IME Life
Beema Board

जीवन बीमा कम्पनीमा १ करोड २३ लाख बीमालेख सक्रिय, कुन कम्पनीमा कति ? (सूचिसहित)

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को दश महिनासम्ममा जीवन बीमा कम्पनीहरुको कुल सक्रिय बीमालेख संख्या १ करोड २३ लाख ७१ हजार ६९१ रहेको छ । जसमध्ये सबैभन्दा धेरै सक्रिय बीमालेख रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रहेको छ । हाल रिलायबल नेपालमा ३६ लाख ३ हजार ८८५ बीमा लेख सक्रिय रहेको छ ।  बैशाख महिनामा मात्रै कम्पनीले ६० हजार ६४१ बीमालेख जारी गरेको छ ।

यस अवधिमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा १३ लाख ९० हजार २९७ बीमालेख सक्रिय रहेको छ । यस कम्पनीले बैशाख महिनामा भने ९२ हजार ७०१ बीमालेख जारी गरेको छ । साथै मेट लाइफ इन्स्योरेन्स कम्पनीमा हाल ११ लाख ९१ हजार ५८७ बीमालेख सक्रिय रहेको छ । कम्पनीले वैशाख महिनामा मात्रै ५ लाख ७४९ बीमालेख जारी गरेको छ ।

Prabhu
Crest

सिटिजन लाइफ इन्स्योेरेन्स कम्पनीमा ९ लाख ९७ हजार ९७३ बीमालेख सक्रिय रहेको छ । कम्पनीले वैशाख महिनामा मात्रै ८५ हजार ५२ बीमालेख जारी गरेको छ । साथै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा भने ८ लाख ६० हजार २९१ बीमालेख सक्रिय रहेको छ । वैशाख महिनामा भने नेपाल लाइफले ७ हजार ३३ बीमालेख जारी गरेको छ ।

बैशाख महिनामा मात्रै रिलायन्स लाइफले १ लाख ५३ हजार १२८ बीमालेख जारी गरेको छ । यस कम्पनीमा हाल ७ लाख ७८ हजार ६४१ बीमालेख सक्रिय रहेको छ । लाइफ इन्स्योरेन्स  कर्पोरेसनमा भने हाल ६ लाख ९२ हजार ७९६ बीमलेख सक्रिय रहेको छ । यस कम्पनीले वैशाख महिनामा ५ हजार २९ बीमालेख जारी गरेको छ ।

सरकारी स्वामित्वमा सञ्चालित राष्ट्रिय बीमा संस्थानमा हाल ५ लाख ८६ हजार ६४१ बीमालेख सक्रिय अवस्थामा रहेको छ । संस्थानले वैशाख महिनामा मात्रै १ हजार २९९ बीमालेख जारी गरेको छ । यसैगरी सूर्य लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा हाल ५ लाख १२ हजार ७९ बीमालेख सक्रिय रहेको छ भने यस कम्पनीले वैशाख महिनामा २४ हजार १३५ बीमालेख जारी गरेको छ । साथै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा ५ लाख ७ हजार ५२७ बीमालेख सक्रिय अवस्थामा रहेको छ । यो कम्पनीले वैशाख महिनामा मात्रै २५ हजार ७७२ बीमालेख जारी गरेको देखिन्छ । यस अवधिमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा भने ४ लाख १० हजार ९७८ बीमालेख सक्रिय रहेको छ । कम्पनीले वैशाख महिनामा १० हजार ४०३ बीमालेख जारी गरेको हो ।

चालु आर्थिक वर्षको दश महिनाको तथ्याङ्कलाई हेर्ने हो भने प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा १ लाख ७१ अजार ९४४ बीमालेख सक्रिय रहेको छ । साथै यस कम्पनीले वैशाख महिनामा मात्रै १ हजार ९३ बीमालेख जारी गरेको देखिन्छ । यसैगरी ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा १ लाख ४६ हजार ५७९ बीमालेख सक्रिया अवस्थामा रहेको छ भने कम्पनीले वैशाख महिनामा मात्रै १५ हजार ७६० बीमालेख जारी गरेको छ । प्रभु लाइफ इन्स्योरेन्समा भने हाल १ लाख ३१ हजार ५६८ बीमालेख सक्रिया रहेको छ । कम्पनीले वैशाख महिनामा मात्रै ४ हजार ४८८ बीमालेख जारी गरेको छ ।

यसैगरी, हाल आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा १ लाख १४ हजार २७६ बीमालेख सक्रिय रहेको छ । साथै वैशाख महिनामा भने यस कम्पनीले ४ हजार ६०१ बीमालेख जारी गरेको छ । हाल युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा भने १ लाख ३ हजार २ सय बीमालेख सक्रिय रहेको छ । कम्पनीले वैशाख महिनामा मात्रै ३ हजार ७८९ बीमालेख जारी गरेको देखिन्छ ।

गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लि.मा हाल ९६ हजार ३६८ बीमालेख सक्रिय रहेकोमा कम्पनीले वैशाख महिनामा ७२२ बीमालेख जारी गरेको छ । साथै सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लि.मा भने हाल ४२ हजार ४ सय बीमलेख सक्रिय रहेको छ । कम्पनीले वैशाख महिनामा ७२९ बीमालेख जारी गरेको छ । यसैगरी यस अवधिमा सबैभन्दा थोरै बीमालेख महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लि.मा सक्रिय छन् । कम्पनीमा हाल ३२ हजार ६६१ बीमालेख सक्रिय रहेको छ भने वैशाख महिनामा मात्रै ७३० बीमालेख जारी भएको देखिन्छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS