पेट्रोलियम पदार्थको पूर्वाधार कर घटाउने सरकारको निर्णय

काठमाडौं । विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिए पछि सरकारले मूल्य घटाउनका लागि करको दर परिवर्तन गर्ने निर्णय गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर घटाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषले कर घटाउने निर्णय गरेर अर्थमन्त्रालयलाई कार्यान्वयनका लागि जिम्मेवारी दिएको छ । अव अर्थमन्त्रालयले हिसाव किताव गरेर दरमा परिवर्तन गर्ने भएको छ । यस अगाडीको सरकारले पूर्वाधार कर प्रतिलिटर ५ रुपैयाँ र भन्सार दर प्रति लिटर १० रुपैयाँले बढाएका थिए । अहिले पूर्वाधार कर प्रतिलिटर १० रुपैयाँ रहेको छ ।

सरकारले तत्कालका लागि पूर्वाधार र भान्सादर दरमा ५/५ रुपैयाँ सहित १० रुपैयाँ घटाउने तयारी गरेको छ । आयल निगमले केहि दिन अगाडी डिजेल र पेट्रोलको मूल्य १० रुपैयाँले बढाएको थियो । अहिले पेट्रोल मूल्यको १८० रुपैयाँ र डिजल तथा मट्टितेलको १६३ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार