IME Life
Beema Board

विन नेपाल लघुवित्तको साधारण सभाको मिति परिवर्तन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभाको मिति परिवर्तन गरेको छ । यस अघि संस्थाले जेठ २० गतेका लागि तय गरेको वार्षिक साधारण सभाको मिति अब जेठ ३१ गते गर्ने भएको छ । कम्पनीको जेठ ९ गतेको सञ्चालक समितिको बैठकले इन्द्रावती सामुदायिक सेवा केन्द्र सिन्धुपाल्चोकमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

यस अघि जेठ ३ गते सूचना जारी गर्दै कम्पनीले जेठ २० गते वार्षिक साधारण सभा गर्ने र त्यसका लागि जेठ ३ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने मिति तय गरेको थियो ।

Prabhu
Crest

नेप्सेले सोही दिन साधारण सभा सम्बन्धी सूचना ढिलो उपलब्ध गराएको भन्दै कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । नेप्सेलाई साधारण सभा र बुक क्लोजको मिति पुनः तोक्ने जानकारी सहितको पत्र पठाएकाले जेठ ६ गतेदेखि कम्पनीको शेयर कारोबार सुचारु भएको थियो । सोही प्रतिवद्धता बमोजिम कम्पनीले पुनः सूचना जारी गर्दै साधारण सभाको मिति र बुक क्लोजको मिति परिवर्तन गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत वितरण योग्य बनाउनेछ । कम्पनीले यस वर्ष ९ दशमलव ८३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

पहिलो कुल ११ दशमलव ५ प्रतिशत लाभांश प्रस्ताव गरेको कम्पनीले लाभांश संशोधन गरेको हो । यस अघि कम्पनीले ६ करोड १५ लाखको आधारमा ११ प्रतिशत बानस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

संशोधित लाभांश अनुसार कम्पनीले साविकको विन लघुवित्त वित्तीय संस्था र नेपाल सेवा लघुवित्त वित्तीय संस्था मर्जपश्चात् कायम चुक्तापूँजी ७ करोड २४ लाख ४१ हजारको आधारमा ९ दशमलव ३३ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

सभाले संस्थापक तर्फबाट चार जना र सर्वसाधारण तर्फबाट दुई गरी ६ सञ्चालकहरूको निर्वाचन समेत गर्नेछ । अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रकृयामा जान उपयुक्त देखिएमा सोको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले जेठ १८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ १७ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS