IME Life

गणतन्त्र दिवस ३ दिन मनाउने सरकारको निर्णय

SPIL
NIC ASIA

काठमाडौं । सरकारले गणतन्त्र दिवस ३ दिन मनाउने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस–०७९ मुल समारोह समितिको बैठकले सो निर्णय गरेको हो ।

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले जेठ १४, १५ र १६ मा  विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवश मनाउने निर्णय गरेको छ । निर्णय अनुसार जेठ १४ मा साँझ संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयले राष्ट्रिय झण्डा र  ब्यानर सजाएर दिपावली गरिनेछ । समितीले नागरिकलाई पनि दिपावली गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

Prabhu
Crest

१५ जेठमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शन गरी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा औपचारिक मूल समारोह गरिने छ । १५ गते साँझ सरकारी तथा सार्वजनिक कार्यालयहरूले आ–आफ्नो कार्यालय एवं सार्वजनिक स्थलहरूमा दिपावली गर्ने निर्णय गरिएको छ । १६ जेठमा रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट जागरण गीत प्रशारण गर्ने तथा देशवासी र सरकारी तथा सार्वजनिक निकायहरूले आ–आफ्नो घर, कार्यालय एवं सार्वजनिक स्थलहरूमा साँझ दिपावली गरेर मनाउने निर्णय गरिएको छ ।

समितीले विदेशस्थित नेपाली राजदूतावास, नियोग तथा बाणिज्य दूतावासहरुमा राष्ट्रिय झण्डा फहराउने र दीप प्रज्वलन गर्ने निर्णय गरेको छ । प्रदेशका राजधानी, जिल्ला र स्थानीय तहहरूमा सरकारी कार्यालय र प्रतिष्ठानहरूमा राष्ट्रिय झण्डा फहराउने तथा ३ दिन साँझ दिपावली गर्ने निर्णय गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS