IME Life

आइएमई जनरलको अवितरित हकप्रद शेयर बाँडफाँड तथा रकम फिर्ता

SPIL
NIC ASIA

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीले यस अघि फागुन २२ गतेदेखि चैत १३ गतेसम्म हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापकतर्फको २ हजार २६१ कित्ता र सर्वसाधारणतर्फको ८८ हजार ९३४ कित्ता शेयर वैशाख १२ गतेदेखि २१ गतेसम्म लिलामी प्रकृयाबाट विक्री गरेको थियो ।

Prabhu
Crest

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र बैशाख २८ गतेका दिन विक्री प्रबन्धकको कार्यालय नक्साल, काठमाडौंमा खोली फेसबुकमार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो । जेठ ३ गते निष्काशनकर्ता कम्पनीको सञ्चालक समितिको बैठकले उक्त शेयर बाँडफाँड गरेको हो ।

कम्पनीको संस्थापकतर्फको शेयरको कटअफ मूल्य १५१ रुपैयाँ र सर्वसाधारणतर्फको कटअफ मूल्य ४६५ रुपैयाँ राखी शेयर बाँडफाँड गरिएको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

बोलपत्रवालाहरुको बाँडफाँडमा नपरेको वा आंशिक परी बाँकी शेयर वापतको रकम फिर्ता भुक्तानी जेठ ५ गतेदेखि गरिने कम्पनीले बताएको छ । ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS