IME Life

निर्जीवन बीमा कम्पनीहरुले कमाए ३ अर्ब ५८ करोड ३६ लाख मुनाफा, ७ कम्पनीको घट्यो, अन्यको अवस्था कस्तो ?

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । १९ निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७८/ ७९ को तेस्रो त्रैमासमा ३ अर्ब ५८ करोड ३६ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छन् । गत आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीहरुले ३ अर्ब ४५ करोड १६ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको खुद नाफा ४ प्रतिशतले मात्र बढेको हो ।

यस अवधिमा सात वटा निर्जीवन बीमा कम्पनीहरुको नाफामा गिरावट आएको छ । तेस्रो त्रैमासमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरणलाई हेर्दा नेको इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स कम्पनी,एनएलजी, आइएमई जनरल,प्रुडेन्यिसल, एभरेष्ट र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको नाफा घटेको छ ।
यस आर्थिक वर्षको तेस्रो त्रेमासमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले नाफा आर्जन गरेको छ । कम्पनीले यस अवधिमा ३६ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १ दशमलव ४ प्रतिशतले मात्र बढेको हो । दोस्रोमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ३४ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमो तुलनामा कम्पनीको नाफा २६ प्रतिशतले बृद्धि गर्न सफल भएको हो ।

Prabhu
Crest

गत आर्थिक वर्षको तुलनामा ओरिएण्टल इन्स्योरेन्स कम्पनीले नाफा २९ प्रतिशतले बृद्धि गरी यस अवधिमा ३२ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको तुलनामा ० दशमलव ६० प्रतिशतले नाफा बढाएर २८ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ प्रतिशतले नाफा बृद्धि गरी नेपाल इन्स्योरेन्स कम्पनीले १७ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको तुलनामा १ दशमलव ९९ प्रतिशतले नाफामा सुधार गरी १७ करोड ३४ लाख रुपैयाँ कमाएको छ । प्रभु इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ दशमलव ४० प्रतिशतले नाफा बढाएर १६ करोड २० लाख रुपैयाँ आर्जन गरेको छ ।

त्यस्तै, हिमालयन जनरलले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा १७ प्रतिशतले बृद्धि गरी १० करोड ६९ लाख रुपैयाँ कमाएको छ । सानिमा जनरलले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा ८० प्रतिशतले बढाएर १० करोड ५० लाख रुपैयाँ आर्जन गरेको छ । यूनाइटेडले यस अवधिमा १० करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा ९५ प्रतिशतले बढेको हो ।

त्यसैगरी अजोड इन्स्योरेन्स कम्पनीले गत आथिृक वर्षको सोही अवधिको तुलनामा नाफा ५४ प्रतिशतले बृद्धि गरी ९ करोड ४१ लाख रुपैयाँ कमाएको छ । जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा २९ प्रतिशतले बृद्धि गरी ८ करोड २४ लाख रुपैयाँ आर्जन गरेको छ ।

७ कम्पनीको नाफा घट्यो
चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणलाई हेर्दा सात कम्पनीको नाफा घटेको देखिएको छ । नेको इन्स्योरेन्स कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ दशमलव ३६ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले ३४ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ ।

प्रिमियर इन्स्योरेन्स कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले घटेर २५ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले यस अवधिमा १७ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १९ प्रतिशतले घटेको हो । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले यस अवधिमा १६ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १० प्रतिशतले घटेको हो ।

त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले यस अवधिमा ११ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १० प्रतिशतले गिरावट आएको हो । एभरेष्ट इन्स्योरेन्स कम्पनीले यस अवधिमा १० करोड ९४ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २६ प्रतिशतले घटेको हो । लुम्बिनी जनरलले यस अवधिमा ९ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३० प्रतिशतले घटेको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS