IME Life

यूनाइटेड इन्स्योरेन्सको नाफा दोब्बरले बृद्धि हुँदा अधिकांश सुचकमा उत्साहजनक प्रगति

SPIL
NIC ASIA

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८ /७९ को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीले अधिकांश सूचकमा बृद्धि गर्न सफल भएको छ ।

१ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा १७ करोड ७० लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ११ करोड १८ लाख रुपैयाँ थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषमा रकम बृद्धि भएको छ ।

Prabhu
Crest

यस अवधिमा कम्पनीको बीमा कोषमा ४० करोड १५ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ३३ करोड ३७ लाख रुपैयाँ थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको बीमा कोषको आकार पनि बृद्धि भएको छ ।

गत आर्थिक वर्षमा ३७ करोड ८५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले आर्थिक वर्ष २०७८ /७९ को तेस्रो त्रैमाससम्ममा ५९ करोड ६४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ५७ दशमलव ५६ प्रतिशतले बढेको छ ।

यस अवधिमा कम्पनीको खुद नाफा १० करोड २३ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ५ करोड २७ लाख रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ९४ दशमलव ११ प्रतिशतले बढेकोे हो ।

त्यस्तै,समिक्षा अवधिमा कम्पनीले २४ करोड ७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ८३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी बढेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १३ रुपैयाँ २७ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १५६ रुपैयाँ ७८ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS