IME Life
Beema Board

ओरिएण्टल इन्स्योरेन्सको खुद नाफा २९ प्रतिशतले बढ्यो, बीमा कोषमा १ अर्ब १४ करोड

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । यस अवधिमा कम्पनीको जगेडा कोषमा ३० करोड ३० लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ७ करोड ८८ लाख रुपैयाँ संचिती रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनकिो जगेडा कोषको आकार बढेको छ ।

यस अवधिमा कम्पनीको बीमा कोषमा १ अर्ब १४ करोड १९ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ९१ करोड ७६ लाख रुपैयाँ बीमा कोषमा रहेको छ ।

Prabhu
Crest

यस अवधिमा कम्पनीले ३२ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २५ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २९ दशमलव ९५ प्रतिशतले बढी हो ।

कम्पनीले यस अवधिसम्ममा ६७ करोड ८३ लाख ५९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६५ करोड ५९ लाख ५७ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ३ दशमलव ४१ प्रतिशतले बढी हो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ३७ करोड ४३ लाख १ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३८ करोड ९५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS