IME Life
Beema Board

सानिमा लाइफको कुल बीमा शुल्क आर्जन १ अर्ब ७७ करोड, जगेडा कोषमा ३६ करोड ८१ लाख संचिती

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अधिकांश सुचकमा प्रगति गरेको देखिएको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिसम्म १३ करोड ३८ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही त्रैमाससम्म कम्पनीको खुद नाफा ९ करोड ३६ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीको खुद नाफामा ४२ प्रतिशतको वृद्धि देखिएको छ।

Prabhu
Crest

कम्पनीले ९ महिनाको अवधिमा १ अर्ब ७७ करोड कुल बीमा शुल्क आर्जन गरेको छ ।  कुल बीमा शुल्क आर्जन २० दशमलव ३६  प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष ७७/७८ को तेश्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ४७ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो।

२ अर्ब चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ३६ करोड ८१ लाख रकम छ भने जीवन बीमा कोषमा ३ अर्ब १३ करोड रकम रहेको छ । जीवन बीमा कोष ६२ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ८ रुपैयाँ ९२ पैसा छ भने प्रति शेयर नेट्वर्थ १२० रुपैयाँ ३६ पैसा छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS