IME Life
Beema Board

सन नेपाल लाइफ खुद नाफामा ५० प्रतिशतको वृद्धि हुँदा अन्य वित्तीय सूचक कस्तो देखियो ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिमा राग्रो प्रगति गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिसम्म १४  करोड ३६ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही त्रैमाससम्म कम्पनीको खुद नाफा ९ करोड ५५ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीको खुद नाफामा  ५० प्रतिशतको वृद्धि देखिएको छ।

कम्पनीले ९ महिनाको अवधिमा २ अर्ब ८ करोड कुल बीमा शुल्क आर्जन गरेको छ।  कुल बीमा शुल्क आर्जन २८ दशमलव २०  प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष ७७/७८ को तेश्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ६२ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो।

Prabhu
Crest

१ अर्ब ४० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ४४ करोड ३४ लाख रकम छ भने जीवन बीमा कोषमा ३ अर्ब ३६ करोड रकम रहेको छ । जीवन बीमा कोष ५४ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले निकट भविष्यमा आईपीओ निस्काशन गर्दै छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS