IME Life
Beema Board

सानिमा जनरलको अधिकांश सूचकमा उत्साहजनक बृद्धि हुँदा खुद नाफा ८० प्रतिशतले बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । यस अवधिमा कम्पनीले अधिकांश सुचकमा प्रगति गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीले १० करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षक सोही अवधिको तुलनामा कम्पनीको नाफा ८० दशमलव ५३ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीको बीमा कोषमा १४ करोड ५२ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ८ करोड ५७ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार बढेको हो ।

Prabhu
Crest

१ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा १३ करोड २९ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ७ करोड ५९ लाख रुपैयाँ संचिती थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषको आकारम बृद्धि भएको छ ।

यस अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन रकम बढेको छ । गत आर्थिक वर्षमा १३ करोड ८४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले यस आर्थिक वर्ष २०७८ र७९ को तेस्रो त्रैमाससम्ममा २२ करोड २४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ६० दशमलव ६८ प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा कम्पनीले ६ करोड ६७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ८६ दशमलव २८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ५८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १४ रुपैयाँ रहेको छ । प्रति शेयर नेटवर्थ १२९ रुपैयाँ रहेको छ । मुल्य आम्दानी अनुपात ४०.१४ गुणा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS