IME Life
Beema Board

प्रिमियर र सानिमा जनरल मर्जरको संझौता नजिक, पूँजी कोष २ अर्ब ८१ करोड पुग्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी र सानिमा जनरल इन्स्योरेन्स कम्पनी मर्जरको संझौता नजिक पुगेका छन् । स्रोतका अनुसार दुबै कम्पनी केहि दिन भित्रै संझौता गर्ने अवस्थामा पुगेका हुन् । बीमा समितिले गत चैत १० गते निर्जीवन बीमा कम्पनीहरुको न्युनतम चुक्ता पूँजी साढे दुई अर्ब पुर्याए सँगै तोकिएको पूँजी जुटाउन दुबै कम्पनी मर्जरका लागि राजि भएका हुन् । बीमा समितिले पनि दुबै कम्पनीलाई सहमतिका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

हाल प्रिमियर इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी एक अर्ब २२ करोड ७६ लाख ८४ हजार ८ सय रुपैयाँ रहेको छ भने सानिमाको एक अर्ब रुपैयाँ छ । सानिमा चार वर्ष अगाडी मात्रै स्थापना भएको नयाँ निर्जीवन बीमा कम्पनी हो । तर प्रिमियर विगत २९ वर्षदेखि निर्जीवन बीमा व्यवसाय गरिरहेको छ ।

Prabhu
Crest

झण्डै तीन दशकको अनुभव बटुलेको प्रिमियरको प्रतिशेयर नेटवर्थ २३३ रुपैयाँ छ । तर चार वर्ष अगाडी मात्रै स्थापना भएको सानिमाको प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ मात्रै छ । यसले पनि प्रिमियरले र सानिमाको स्वाप रेसियोमा धेरै नै तलमाथि हुने देखिन्छ ।

सानिमाको स्वाप रेसियो कम भए पनि स्वाप रेसियो भन्दा माथिको रकम जगेडा कोषमा जम्मा हुने भएकाले मर्ज पछि कम्पनीले बोनस शेयर दिएर सजिलै तोकिएको चुक्ता पूँजी पुर्याउन सक्नेछ । अहिले नै दुई कम्पनीको चुक्ता पूँजी जोड्दा २ अर्ब २२ करोड रुपैयाँ पुग्नेछ । दुबै कम्पनीको जगेडा कोषमा भएको रकमलाई जोड्दा ५७ करोड ८३ लाख रुपैयाँ पुग्नेछ । मर्जर पछिको पूँजी कोष भने २ अर्ब ८० करोड रुपैयाँ नाघ्नेछ ।

शाखा सञ्जाल, नेटवर्क, नेटवर्थ, व्यवसाय प्रिमियरको धेरै राम्रो भएकाले कमजोर अवस्थामा रहेको सानिमाका शेयरधनीहरुले पनि मर्जर पछि राम्रो लाभ लिन सक्नेछन् । अर्को तर्फ प्रिमियरका शेयरधनीहरुलाई पनि तोकिएको पूँजी जुटाउन हकप्रद थपिरहनु पर्दैन । यसले गर्दा तोकिएको क्यापिटल पुर्याउन दुबै कम्पनीका शेयरधनीहरुलाई सहज हुने देखिन्छ । अर्को तर्फ प्रिमियरले सानिमा सँग राम्रै वार्गेनिङ गर्न सक्नेछ ।

सानिमामा एनआरएन, सानिमा ग्रुप र ठुला व्यवसायीहरुको लगानी रहेको छ । प्रिमियरका लागि यसले थप टेवा पुर्याउने देखिन्छ । यहि व्यवसायका लागि पूँजी थप्नु भन्दा मर्जरमा गएर सिनर्जी प्राप्त गर्ने पक्षमा बीमा कम्पनी पुगेका हुन् । अहिले नै बीमा कम्पनीको प्रतिफल राम्रो छैन । मर्जरमा जादा दुई कम्पनीको व्यवसाय जोडिने र प्रतिफल बढ्ने बीमकहरुको राय छ । अर्को तर्फ निर्जीवन बीमा कम्पनीहरु पूँजीका हिसावले जति बलियो हुन्छन् उनिहरुको जोखिम बहन गर्न सक्ने क्षमता पनि बढ्नेछ ।

हाल दोस्रो बजारमा सानिमा लाइफको बजार मूल्य ५१० रुपैयाँ छ भने प्रिमियरको ७६८ रुपैयाँ छ । मर्जरमा गएका खण्डमा दुबै कम्पनीको शेयर कारोबार लामो समयसम्म बन्द हुने भएकाले अल्पकालिन लगानीकर्ताहरुका लागि भने यसले बजारमा खासै उत्साह ल्याउदैन । तर दीर्घकालिन लगानीकर्ताहरुका लागि दुबै कम्पनीका शेयरधनीहरु लाभांन्वित हुने देखिन्छ ।

केहि दिन अगाडी एभरेष्ट इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले मर्जरको संझौता गरेका थिए । उनिहरुले मर्जरको सहमतिपत्रमा संझौता गरेसँगै दोस्रो बजारमा शेयर कारोबार रोक्का भइसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS