IME Life
Beema Board

१२ अंकले बढेको बजारमा कारोबार रकम १ अर्ब ३९ करोडमा सिमित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १२ दशमलव २७ अंकले बढेको छ । हिजो पनि बढेको बजारमा आज परिसूचक बढेर नेप्से २,२६८ दशमलव ८४ को विन्दुमा कायम भएको छ । आज ११४ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ७१ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज होटल्स एण्ड टुरिजम, विकास बैंक, जीवन बीमा उपसूचक र इन्भेष्टमेन्ट बाहेक सबै उपसूचक बढेका छन् ।

आज २२२ वटा कम्पनीको ३३ लाख २४ हजार ८२२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३९ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल टेलिकमको कारोबार भएको छ । कम्पनीको ७ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ५ करोड ४ लाख रुपैयाँकोे शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, हिमालयन डिष्टिलरीको ४ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोड ८६ लाख रुपैयाँकोे शेयर कारोबार भएको छ । नविल बैंकको ३ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै जाल्पा लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । महुली लघुवित्तका लगानीकर्ताले ७ दशमलव ७७ प्रतिशतका दरले कमाएका छन् । उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै हिमालयन उर्जा विकासका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS