IME Life
Beema Board

वैवाहिक वर्षगाँठको अवसरमा श्रीमतिलाई २५ लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटिजनलाइफ इन्स्योरेन्स कम्पनी लि. भैरहवा शाखाका एजेन्सी म्यानेजर ज्योतीलाल पौडेलले आफ्नो वैवाहिक वार्षिकोत्सवकोअवसरमा आफ्नो श्रीमतीलाई जीवन बीमा पोलिसी उपहार दिएका छन् । पौडेलले श्रीमती अन्जु पौडेललाई सिटिजनलाइफ इन्स्योरेन्स कम्पनीको सिटिजन शुभारम्भ बीमा योजना अन्तर्गत २५ लाखको बीमा पोलिसी उपहार स्वरुप दिएका हुन् ।

बीमा पोलिसी हस्तान्तरण गर्दै उनले बीमा गर्दा आर्थिक बचत हुने र नोक्सानी भएको हकमा क्षतिपूर्तिको सुनिश्चित भएको हुँदा जीवन बीमा अतिआवश्यक रहेको बताए। जीबन बीमा गर्ने योजना पहिले नै बनाएको र बिशेष दिनमा उपहार स्वरुप दिँदा आकर्षक उपहार हुने र अन्यलाई समेत उत्प्रेरणा मिल्ने हुदाँ सो उपहार दिएको उनले बताए । अन्य उपहार खरिद गर्दा खर्चहुने रकम बीमामा भुक्तानी गर्दा भविष्यको लागी उपयोगी बचत हुने उनी बताउँछन् ।

Prabhu
Crest

सो पोलिसी हस्तान्तरण कार्यक्रममा कम्पनीका भैरहवाका क्षेत्रीय प्रमुख नरेश सिग्देल, भैरहवा शाखा प्रमुख गिरिजा खनाल साथै भैरहवा शाखाका कर्मचारी तेज प्रकाश पाण्डे र सुसिल ज्ञवालीको उपस्थिती रहेको थियो ।

परिवर्तित समयसँगै पछिल्लो समय जीवन बीमालाई आम जनताको दैनिकीसँग जोड्दै जीवन बीमा पोलीसी उपहारका रुपमा दिने चलन बढ्दै गएको छ । विवाह, ब्रतबन्ध, जन्मदिन, पास्नी, गून्योचोलो, बैवाहिक बर्षगाँठ लगायतका शुभ कार्यमा बीमा पोलीसी उपहार दिने चलन बढ्दै गएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS