IME Life
Beema Board

एचआईडीसीएलले म्याग्दी खोला जलविद्युत् आयोजनामा २०% स्वपूँजी लगानी गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले ५७ दशमलव ३ मेगावाटको म्याग्दी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको प्रवर्द्धक हाइड्रो भिलेजमा २० प्रतिशत स्वपूँजी लगानी गर्ने भएको छ ।

लगानीसम्बन्धी सम्झौतामा एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतम र आयोजनाको प्रवर्द्धक हाइड्रो भिलेजका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

कम्पनीले स्वपूँजी लगानीको दायरालाई फराकिलो बनाउँदै लैजाने तथा सार्वजनिक निजी साझेदारी (पीपीपी) अवधारणाअनुसार उक्त आयोजनामा लगानी गर्ने निर्णय गरेको हो ।

उक्त अवसरमा एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत गौतमले एचआईडीसीएलको ११ वर्षको लगानी यात्रामा स्वपूँजी लगानी गरेको यो चौथो आयोजना रहेको बताए ।

म्याग्दीको धवलागिरि गाउँपालिकाको बगरमा निर्माण हुने यो नदी प्रवाही आयोजनाको ३ वर्ष अगाडि नै नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरीद सम्झौता भएको थियो । अब उक्त आयोजनामा हाइड्रो भिलेज, एचआईडीसीएल र मलेशियन कम्पनीको स्वामित्व रहनेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS