IME Life

बीमा क्षेत्रको वृद्धि दर ६ प्रतिशत हाराहारी रहने तथ्यांक विभागको अनुमान

SPIL
NIC ASIA

काठमाडौं । केन्द्रिय तथ्यांक विभागका अनुसार चालू आर्थिक वर्षमा बैंक तथा बीमा क्षेत्रको वृद्धिदर ६ प्रतिशतभन्दा माथि रहने अनुमान गरेको छ ।

विभागका अनुसार वित्तीय मध्यस्थता क्षेत्रको वृद्धिदर चालू आवमा ६.०६ प्रतिशत रहने छ । गत आवमा वृद्धिदर जम्मा ४.०५ प्रतिशत रहेको थियो ।

Prabhu
Crest

बजारमा तरलता अभाव देखिए पनि बैंक तथा बीमा कम्पनीहरुले वित्तीय मध्यस्थताको सेवावापत गर्ने आम्दानीमा वृद्धि देखिएकोले वृद्धिदर सकारात्मक रहने विभागको प्रक्षेपण छ ।

चालु आर्थिक वर्षमा राष्ट्र बैंकले तय गरेको १९ प्रतिशत कर्जा विस्तारको वार्षिक लक्ष्य राखेको छ । तर लगानीयोग्य पूँजी नभएकाले लक्ष्य पुरा गर्न चुनौतीपूर्ण देखिएको छ । गत फागुनसम्म बैंक,वित्तीय संस्थाको कर्जा बिस्तार १२.८ प्रतिशत रहेको थियो । त्यसयताको चार महिनामा महिनामा थप करिब ७ प्रतिशतको कर्जा बिस्तार गर्न करिब ४ खर्ब रुपैयाँ पूँजी आवश्यक पर्ने देखिन्छ ।

तथ्यांक विभागका अनुसार करिब एक दशकयता औसतमा ६ प्रतिशत हाराहारीमा रहँदै आएको वित्तीय क्षेत्रको वृद्धिदर पछिल्ला तीन वर्ष उच्च देखिएको छ । यसमध्ये आर्थिक वर्ष २०७२/७३ मा यो क्षेत्रको वृद्धिदर ८.५५ र २०७३/७४ मा ९.०९ र २०७४/७५ मा ९.४३ प्रतिशत थियो ।
विभागले चालु आवमा कूल गाहस्र्थ उत्पादन(जीडीपी)मा वित्तीय मध्यस्थता क्षेत्रको योगदान ६.८६ प्रतिशत हाराहारी रहने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा ७.०१ प्रतिशत योगदान रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS