IME Life

हिमालयन र एभरेष्टले पाए शैद्धान्तिक सहमति, मर्जर पछि कस्तो आउला सिनर्जी ?

SPIL
NIC ASIA

काठमाडौं । मर्जरको सहमति गरेका हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीले बीमा समतिबाट शैद्धान्तिक सहमति प्राप्त गरेका छन् । मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरे सँगै आवस्यक काम कारबाही अगाडी बढाउन शैद्धान्तिक सहमति प्रदान गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

दुई कम्पनीले गत बिहीबार एक आपसमा गाभ्ने/गाभिने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । सगरमाथा इन्स्योरेन्स सँग मर्जरको लागि छलफल गरिरहेको हिमालयनले एकाएक एभरेष्ट इन्स्योरेन्स कम्पनी सँग मर्जरको सहमति गरेको हो । हाल हिमालयन जनरलको चुक्ता पूँजी एक अर्ब १७ करोड रुपैयाँ रहेको छ भने एभरेष्टको एक अर्ब २५ करोड रुपैयाँ छ । यदि बराबरी हैसियतमा मर्जर भएमा चुक्ता पूँजी २ अर्ब ४२ करोड रुपैयाँ पुग्नेछ । बीमा समितिले चैत १० गते जीवन र निर्जीवन बीमा कम्पनीहरुको पूँजी बढाउने निर्देशन दिएको थियो । मर्जर पछि बीमा समितिले तय गरेको नयाँ पूँजी पुर्याउन कम्पनीलाई धेरै सजिलो हुनेछ ।

Prabhu
Crest

मर्जर पछि कस्तो होला ?

नेपालको बीमा उद्योगमा २८/२९ वर्षदेखि सक्रिय दुई कम्पनी मर्जर हुँदा कस्तो सिनर्जी प्राप्त होला भन्ने चर्चा सुरु भएको छ । दुबैले लगाभग तीन दशकको अनुभव बढुलेका छन् । यस अवधिमा एभरेष्ट इन्स्योरेन्स कम्पनी चरम संकटबाट गुज्रिएर पछिल्लो समय प्रतिस्पर्धी कम्पनीको रुपमा स्थापित भइसकेको छ ।

दुबैको वित्तीय अवस्थालाई विश्लेषण गर्ने हो भने लगभग सबै सूचकमा समानता देखिन्छ । शेयर बजार मूल्य, प्रतिशेयर आम्दानी, प्रतिशेयर नेटवर्थ, चुक्ता पूँजी लगायतका सूचकमा खासै फरक देखिदैन । बीमा शुल्क आर्जनको संरचनामा भने केहि फरक छ । यसले कम्पनीलाई भोलिका दिनमा थप सिनर्जी दिन सक्ने देखिन्छ ।

अहिले एभरेष्ट इन्स्योरेन्स कम्पनी सबैभन्दा धेरै मोटर बीमामा केन्द्रित छ । एभरेष्टको कुल बीमा शुल्क आर्जनको ४१ प्रतिशत व्यवसाय मोटर बीमा अन्तर्गतछ । त्यस्तै हिमालयनको विशेषता हाइड्रोपावर हवाई बीमा तर्फ छ । नेपालका लगभग ठुला जलविद्युत कम्पनीको बीमा हिमालयन इन्स्योरेन्सबाटै हुने गरेको छ । कम्पनीको सम्पुर्ण व्यवसायमा जलविद्युतको हिस्सा २५ प्रतिशत भन्दा माथि छ भने हवाईको २२ प्रतिशत छ । तर हिमालयनको मोटर तर्फ जम्मा २१ प्रतिशत मात्रै छ । दुई कम्पनी एक आपसमा मर्ज हुँदा मोटर सँगै एभिएसन, हाइड्रोपावरको कम्विनेसले कम्पनीलाई सबल बनाउने देखिन्छ ।

हिमालयनको पोलिसी संख्या थोरै छ तर बीमा शुल्क आर्जन धेरै छ । तर एभरेष्टको पोलिसी संख्या धेरै हुँदा पनि बीमा शुल्क आर्जन धेरै कम छ । चैत मसान्तसम्ममा हिमालयनको बीमा शुल्क आर्जन एक अर्ब २६ करोड रुपैयाँ छ भने पोलिसी संख्या जम्मा ७८ हजार ५५२ वटा छ । तर एभरेष्टको बीमा शुल्क आर्जन ९२ करोड ७४ लाख रुपैयाँ छ भने पोलिसी संख्या ८४ हजार ७६५ वटा रहेका छन् । मर्जर पछि तेस्रो त्रैमाशिक अवधिमै २ अर्ब १९ करोड रुपैयाँ पुग्नेदेखिन्छ ।

शेयरधनी संरचनालाई हेर्ने हो भने दुबैको उस्तै छ । तर एभरेष्टको संस्थापक शेयर हकप्रद मार्फत स्थापित भएको हुँदा मर्जर पछि संस्थापकको शेयर कारोबारमा केहि समस्या आउन सक्छ ।

अहिले हिमालयनको शेयरधनी संचरना ५१ र ४९ प्रतिशत छ । त्यस्तै एभरेष्टको ५१.५० र ४८.५० प्रतिशत छ । बरबरी हैसियतमा मर्जर भयो भने शेयरधनी संरचना ५१.२६ प्रतिशत र ४८.७४ प्रतिशत हुनेछ ।

एभरेष्ट बैंकमा खेतान समुहको दवदवा छ भने हिमालयनमा राजकृष्ण श्रेष्ठ समुहको छ । श्रेष्ठ समुहको मात्रै लगभग ५० प्रतिशत भन्दा धेरै हिस्सा रहेको छ । त्यस्तै खेतान समुहको ३० प्रतिशत भन्दा माथि छ । खेतान समुहकै लगानी रहेको लक्ष्मी बैंकको १५.७९ प्रतिशत रहेको छ । बैंकलाई समेत जोडेर हेर्दा लगभग ४५ प्रतिशत भन्दा माथि हुन जान्छ । मर्जरमा खेतान समुह र श्रेष्ठ समुहको आपसी सहमति नै काफि छ ।  तर अचम्मको पक्ष यदि बराबरी हैसियतमा मर्जर भयो भने दुबैको बजार हिस्सा २३/२४ प्रतिशतमा खुम्चिने छ । अर्थात हैसियत बराबरी जस्तै हुने देखिन्छ । जसमा खेतानलाई लक्ष्मी बैंकको साथ रहनु पर्छ ।

मर्जरमा जाने सहमति भए पनि भोलिका दिनमा कम्पनीको नाम के रहने र अध्यक्ष को हुने भन्ने विषयमा केहि विवाद भने हुन सक्छ । अहिले हिमालयनको अध्यक्षमा महेन्द्र कृष्ण श्रेष्ठ छन् भने एभरेष्टको अध्यक्षमा राजिभ सापकोटा छन् । सापकोटा खेतानका प्रतिनिधि हुन् । खेतान आफै अध्यक्ष नबन्ने अवस्थामा श्रेष्ठ समुहले अध्यक्ष पाउने सक्ने हुँदा अध्यक्षमा ठुलो समस्या हुने देखिदैन ।

दोस्रो समस्या प्रमुख कार्यकारी अधिकृतमा देखिन सक्छ । अहिलेको मर्जरमा हिमालयनका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले पुलको काम गरिरहेकाले शाह नै सिइओ बन्ने सम्भावना छ । मर्जर पछि एभरेष्टका कमल गौतम वा शाह को सिइओ बन्लान भन्न भने अहिलेनै सकिदैन ।

शाखा व्यवस्थापन र कर्मचारी व्यवस्थापन भने कर्मचारीका लागि चुनौतीपुर्ण छ । दुबै कम्पनीको अधिकाम्स प्रमुख शहरहरुमा शाखा रहेकाले १५ वटा भन्दा बढि स्थानमा दोहोरिने देखिन्छ । जस्तो बनेपा, हेटौडा, पोखरा, धनगढी, विराटनगर, सिमरा, नारायणगढ, सुर्खेत, विर्तामोड, दमक, जनकपुर, इटहरी, कावास्वती, नेपालगञ्ज लगायतका स्थानमा शाखा दोहोरिएका छन् ।

कम्पनीहरुले शाखा कार्यालय स्थानान्तरण गरेर सहरोत्मुख क्षेत्रमा पठाउने सक्ने भएकाले यो भोलिका दिनमा खासै ठुलो समस्या होइन । तर कर्मचारीको संख्या व्यवस्थापनमा भने केहि समस्या देखिन सक्छ । हाल हिमालयनमा १९५ जना कर्मचारी छन् भने एभरेष्टमा १७१ जना छन् । मर्जर पछि ३६६ जना नाघ्ने छन् । तल्लो तहका कर्मचारीमा खासै ठुलो समस्या नरहे पछि माथिल्लो तहमा भने केहि समस्या देखिन सक्छ ।

अहिले एभरेष्ट बैंकको तर्फबाट महत्वपुर्ण भुमिका अध्यक्ष राजिभ सापकोटा र हिमालयनको तर्फबाट विजय बहादुर शाहको देखिन्छ । दुबै जना आ-आफ्नो ठाउँमा सक्षम र अनुभवी व्यक्ति भएकाले मर्जरमा केहि सहजता हुने देखिन्छ ।

दुई कम्पनीको मर्जर पछि बन्ने कम्पनीले शिखरलाई चुनौती दिने देखिन्छ । मध्यम किसिमका यि दुई कम्पनीको सफल मर्जर पछि संख्या घट्नुका साथै कम्पनीको क्षमता पनि बढ्ने देखिन्छ । अहिले एकै स्थानमा रहेका शाखालाई अन्य शाखा कार्यालयमा स्थानान्तरण गरेर नयाँ व्यवसाय भित्र्याउन सक्नेछ । साथै एकै ठाउँको व्यवसायलाई दुई वटा शाखा कार्यालयले भित्र्याइरहेकोमा मर्जर पछि एउटै शाखाले भित्र्याउने हुँदा सञ्चालन खर्चमा पनि कमि आउनेछ ।  चुक्ता पूँजी तथा पूँजीकोष नै ठुलो हुने भएकाले कम्पनीको जोखिम बहन गर्ने सक्ने क्षमता बढ्छ । कम जोखिमका व्यवसायलाई आफैले धारण गर्न सक्दा मुनाफामा उल्लेख सुधार पनि आउन सक्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS