SKIP THIS

GBIME
IME Life
Beema Board

जीवन बीमा कम्पनीले आर्जन गरे २८ अर्ब ८९ करोड प्रथम बीमा शुल्क, कुनको कति ? (सूचिसहित)

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । २०७८ /७९ को चैत महिनासम्ममा जीवन बीमा कम्पनीहरुले २८ अर्ब ८९ करोड ८६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिले उपलब्ध गरेको तथ्याङक अनुसार यी कम्पनीहरुले चैत महिनामा मात्रै २ अर्ब ९८ करोड ५१ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । चैत महिनासम्ममा यीनै कम्पनीहरुले ७३ अर्ब ५३ करोड ५ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् ।

समितिको तथ्याङक अनुसार चैत महिनासम्ममा सबैभन्दा धेरै नेपाल लाइफले प्रथम बीमा शुलक आर्जन गरेको छ । कम्पनीले यस अवधिसम्ममा ४ अर्ब ८३ करोड ९१ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिसम्ममा ३ अर्ब २२ करोड ८३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा सिटिजन लाइफ रहेको छ । कम्पनीले यस अवधिमा २ अर्ब ३ करोड ५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।
त्यसैगरी एलआइसी नेपालले १ अर्ब ९४ करोड २ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । सन नेपाल लाइफले १ अर्ब ८६ करोड ५६ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ८२ करोड ४९ लाख, यूनियन लाइफले १ अर्ब ७२ करोड ७८ लाख रुपैयाँ, एशियन लाइफले १ अर्ब ५२ करोड १२ लाख, सूर्या लाइफले १ अर्ब ४० करोड २७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

Prabhu
Crest

त्यस्तै, यस अवधिसम्ममा ज्योति लाइफले १ अर्ब २६ करोड ७१ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । मेट लाइफले १ अर्ब १२ करोड ९९ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

करोडमा प्रथम बीमा शुल्क आर्जन गर्ने कम्पनीहरु
यस अवधिसम्ममा आइएमई लाइफले ९८ करोड ८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । प्राइम लाइफले ९७ करोड १८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । रिलायन्स लाइफले ८१ करोड २९ लाख प्रथम बीमा शुल्क आर्जन गरेको छ । सानिमा लाइफले ७९ करोड ८१ लाख प्रथम बीमा शुल्क आर्जन गरेको छ । प्रभु लाइफले ७५ करोड ६९ लाख प्रथम बीमा शुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा संस्थानले ७४ करोड ७२ लाख प्रथम बीमा शुल्क आर्जन गरेको छ । महालक्ष्मी लाइफले ५५ करोड १० लाख प्रथम बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, गुराँस लाइफले ५० करोेड २६ लाख प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS