IME Life

एनआईसी एशिया बैंकको मुनाफामा तीन अर्ब ६० करोड, प्रतिशेयर आम्दानी ४१ रुपैयाँ

SPIL
NIC ASIA

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा तीन अर्ब ६० करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्षको भन्दा १९.९६ प्रतिशतले मुनाफा बढाएको हो ।

खुद व्याज आम्दानी २५ प्रतिशतले बढाएको छ । चैत मसान्तसम्ममा बैंकको यस्तो आम्दानी ८ अर्ब २५ करोड रुपैयाँ रहेको छ । मुनाफामा उल्लेख सुधार भए सँगै प्रतिशेयर आम्दानी ४१ रुपैयाँ रहेको छ । गत वर्षको यहि अवधिमा ३४ रुपैयाँ थियो । नेपाल राष्ट्र बैंकले बोनस शेयर वितरण गर्न नदिए पछि प्रतिशेयर आम्दानी अन्य बैंकको भन्दा सर्वाधिक धेरै देखिएको हो ।

Prabhu
Crest

बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ९ अर्ब ७४ करोड रुपैयाँ जम्मा भएको छ । समिक्षा अवधिमा बैंकले २ खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । पूँजीकोष अनुपात १३.११ प्रतिशत रहेको बैंकको खराव कर्जा भने ०.५१ प्रतिशत छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS