IME Life
Beema Board

आइएमई जनरलका सिइओ युगेशभक्तको वार्षिक तलव सुविधा ७८ लाख २२ हजार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठको वार्षिक तलव भत्ता तथा अन्य सुविधा बापत ७८ लाख २२ हजार ६६४ रुपैयाँ बुझेका छन् । श्रेष्ठले गत आर्थिक वर्ष २०७७/७८ मा वार्षिक तलव तथा अलाउन्सेस बापत ६२ लाख ३१ हजार ४३० रुपैयाँ बुझेका छन् । उनले अघिल्लो आर्थिक वर्षमा तलव तथा अलाउन्सेस बापत ६२ लाख ९९ हजार ३३० रुपैयाँ लिएका थिए ।

गत आर्थिक वर्षमा श्रेष्ठले नियम अनुसार मुनाफाबाट कर्मचारी बोनस बापत १५ लाख ९१ हजार २३४ रुपैयाँ प्राप्त गरेका छन् । कर्मचारी बोनस र तलब भत्ता बापत उनले ७८ लाख २२ हजार लिएका हुन् । अघिल्लो वर्षमा यस्तो रकम ६८ लाख ३९ हजार रुपैयाँ थियो । यस वर्ष मुनाफा बढे सँगै उनको एकमुष्ठ रकम भने बढेको हो ।

Prabhu
Crest

समिक्षा अवधिमा संचालक समितिको बैठक भत्ता र अन्य विभिन्न उपसिमितिहरुलाई बैठक भत्ता बापत २५ लाख ३५ हजार रुपैयाँ प्रदान गरिएको कम्पनीले जनाएको छ ।

उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीको लागि भने एक करोड ३२ लाख रुपैयाँ खर्च भएको छ । लेखापरीक्षण प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा १८ करोड ३५ लाख रुपैयाँ मुनाफा भएको छ । यस आधारमा प्रतिशेयर आम्दानी १५ रुपैयाँ पर्न जान्छ । कम्पनीको अघिल्लो आर्थिक वर्षको तुलनामा मुनाफा भने घटेको छ । अघिल्लो आर्थिक वर्षमा २० करोड ९७ लाख रुपैयाँ थियो ।

कम्पनीले बैशाख ९ गते २४ औ वार्षिक साधारणसभा डाकेको छ । सभाले हाल कायम चुक्ता पूँजी एक अर्ब १५ करोड रुपैयाँको ७ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS