IME Life
Beema Board

आइएमई जनरलले अवितरित हकप्रद बैशाख १२ गतेदेखि लिलामी मार्फत विक्री गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले बैशाख १२ गतेदेखि अवितरित हकप्रद शेयर लिलामी प्रक्रिया मार्फत विक्री खुला गर्ने भएको छ । कम्पनीले एक सुचना जारी गर्दै संस्थापक तथा सर्वसाधारण समुहको अवितरित हकप्रद शेयर विक्री खुला गर्न लागेको जनाएको छ ।

कम्पनीले गत फागुन १२ गतेदेखि चैत १३ गतेसम्म विक्री खुला गरी आवेदन माग गरिएभन्दा कम आवेदन परेको तथा वितरण हुन नसकेको संस्थापक समूहको २ हजार २६१ कित्ता र सर्वसाधारण समूहतर्फको ८८ हजार ९३४ कित्ता शेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको जनाएको छ ।

Prabhu
Crest

शेयर खरीदका लागि बैशाख २० गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । शेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

उक्त शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

उक्त शेयरमा बोलपत्र विक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकका शाखा कार्यालय झापा, मोरङ, धनुषा, वीरगञ्ज, हेटौँडा, चितवन, कास्की, रुपन्देही, बागलुङ, बाके, सुर्खेत, दाङ, कैलाली, कञ्चनपुरमा प्राप्त गर्न र पेश गर्न सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS