SKIP THIS

MLBL
IME Life
Beema Board

२०७८ फागुन सम्ममा जीवन बीमा कम्पनीको व्यापार १ खर्ब २० अर्ब ६४ करोडमाथि, कुन महिनामा कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । २०७८ सालमा जीवन बीमा कम्पनीहरुले राम्रो व्यापार गरे । जीवन बीमा कम्पनीहरुले आफ्नो व्यवसाय विस्तारलाई आक्रामक ढङले बृद्धि गरिरहेको अवस्थामा १९ जीवन बीमा कम्पनीहरुले २०७८ सालमा १ खर्ब २० अर्ब ६४ करोड ११ लाख रुपैयाँ विजनेश भित्राउन सफल भएको तथ्याङकले देखाएको छ । कम्पनीहरुले २०७८ सालमा प्रथम बीमा शुल्क वापत भने ३५ अर्ब १५ करोड ३ लाख रुपैयाँ आर्जन गरेका छन् । यो तथ्याङ अनुसार जीवन बीमा कम्पनीहरुले २०७८ सालमा राम्रो व्यवसाय गरेको पाइन्छ ।

यस तथ्याङकलाई हेर्ने हो भने जीवन बीमा कम्पनीहरुले असार महिनामा सबैभन्दा राम्रो व्यापार गरेको देखिन्छ । यस महिनामा कम्पनीहरुले १८ अर्ब ४८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए भने यसै महिनामा कम्पनीहरुले प्रथम बीमा शुल्क वापत ६ अर्ब ९२ करोड रुपैयाँ आर्जन गरेका थिए । यो महिना आर्थिक वर्षको अन्त्य अन्त्य भएर पनि कम्पनीहरुले राम्रो व्यापार गर्न सफल भएका हुन् ।

Prabhu
Crest

त्यस्तै, २०८७ सालको बैशाख महिनामा १९ जीवन बीमा कम्पनीहरुले ५ अर्ब २० करोड रुपैयाँ कुल बीमा शुलक आर्जन गरेका थिए भने यसै महिनामा यी कम्पनीहरुले १ अर्ब ७० करोड रपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए ।

जेठ महिनामा कम्पनीहरुले ३ अर्ब ३१ करोड रुपैयाँ मात्र कुल बीमा शुल्क आर्जन गरेका थिए भने यसै महिनामा कम्पनीहरुले १ अर्ब ८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए । साउन महिनामा कम्पनीहरुले १६ अर्ब ६१ करोड रुपैयाँ कुल बीमा शुलक आर्जन गरेका थिए भने सोही महिनामा कम्पनीहरुले २ अर्ब ७४ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए ।

त्यसैगरी भदौ महिनामा कम्पनीहरुले ११ अर्ब ५४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए भने सोही महिनामा यी कम्पनीहरुले ३ अर्ब ६४ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए । त्यस्तै, असोज महिनामा कम्पनीहरुले १० अर्ब ६ करोड रुपैयाँ कुल बीमा शुलक आर्जन गरेका थिए भने सोही महिनामा कम्पनीहरुले ३ अर्ब ४९ करोड १३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए ।

कार्तिक महनिामा कम्पनीहरुले १० अर्ब १९ करोड ८२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए भने कम्पनीहरुले सोही महिनामा प्रथम बीमा शुल्क आर्जन २ अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेका थिए । मंसिर महिनामा ११ अर्ब १६ करोड ६८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए भने सोही महिनामा कम्पनीहरुले ३ अर्ब १३ करोड २२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए ।

त्यस्तै, पुस महिनामा कम्पनीहरुले १२ अर्ब ७८ करोड ४५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए भने सोही महिनामा कम्पनीहरुले ४ अर्ब २२ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए । माघ महिनामा कम्पनीहरुले १० अर्ब ३८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थिए भने सोही महिनामा कम्पनीहरुले २ अर्ब ४२ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए ।

आर्थिक वर्ष २०७८ को फागुन महिनामा जीवन बीमा कम्पनीहरुले १० अर्ब ९० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् भने सोही महिनामा कम्पनीहरुले २ अर्ब ८८ करोड रुपैयाँ प्रथम बीमा शुलक आर्जन गरेका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS