IME Life
Beema Board

फागुन महिनासम्ममा जीवन बीमा कम्पनीले आर्जन गरे ९२ अर्ब २० करोड बीमा शुल्क, कसको कति (सूचीसहित)

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । फागुन महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ९२ अर्ब २० करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले यस अवधिमा प्रथम बीमा शुल्क आर्जन मात्रै २५ अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेका छन् । नविकरण बीमा शुल्क आर्जन भने ६६ अर्ब २८ करोड रुपैयाँ छ ।

चालु आर्थिक वर्षको ८ महिनामा सबैभन्दा धेरै नेपाल लाइफले मात्रै २३ अर्ब ९३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जवको दोस्रो नम्बरमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसनको ११ अर्ब ११ करोड रुपैया रहेको छ । नेपाल लाइफले ४ अर्ब ३८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा लाइफ इन्योरेन्स कर्पोरेसनको एक अर्ब ६९ करोड रुपैयाँ रहेको छ ।

Prabhu
Crest

सर्वाधिक धेरै व्यवसाय गरेको नेपाल लाइफ प्रथम भन्दा पनि नविकरण बीमा शुल्कमा केन्द्रित छ । कम्पनीले नविकरण मात्रै १९ अर्ब ५४ करोड आर्जन गरेको छ । तेस्रो स्थानमा रहेको नेशनल लाइफले ९ अर्ब एक करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा नविकरण तर्फ भने ६ अर्ब ६१ करोड रहेको छ । साथै प्रथम बीमा शुल्क भने २ अर्ब ८४ करोड रुपैयाँ रहेको छ ।  सरकारकी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले ८ महिनामा ६ अर्ब ६८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा नविकरण तर्फ भने ५ अर्ब ९७ करोड रुपैयाँ रहेको छ ।

नयाँ जीवन बीमा कम्पनी मध्ये युनयन लाइफले सर्वाधिक धेरै ५ अर्ब ५८ करोड रुपैयाँ आर्जन गरेको छ । जस मध्ये नविकरण मात्रै ३ अर्ब ९८ करोड रुपैयाँ छ । एशियन लाइफले फागुन महिनासम्ममा ४ अर्ब ५४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा नविकरण ३ अर्ब २४ करोड रुपैयाँ रहेको छ भने प्रथम बीमा शुल्क एक अर्ब २९ करोड रुपैया छ ।

अन्य कम्पनीहरुले फागुन महिनासम्ममा सर्वाधिक धेरै बीमा शुल्क आर्जन गर्नेहरुमा क्रमश मेट लाइफले  ३ अर्ब ५७ करोड रुपैयाँ, सिटिजन लाइफ तीन अर्ब ४८ करोड, प्राइम लाइफ तीन अर्ब ४२ करोड, सूर्या लाइफ तीन अर्ब २२ करोड, रिलायबल नेपाल २ अर्ब ६६ करोड, ज्योति लाइफ २ अर्ब ३४ करोड, आइएमई लाइफ २ अर्ब १४ करोड, गुराँस लाइफ २ अर्ब ८ करोड, रिलायन्स लाइफ एक अर्ब ८६ करोड, सानिमा लाइफ एक अर्ब ५३ करोड, प्रभु लाइफ एक अर्ब ३२ करोड र महालक्ष्मी लाइफले ९३ करोड २९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS