SKIP THIS

GBIME
IME Life
Beema Board

तरलता अभावको प्रभाव जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जनमा, २ अर्ब ८८ करोडमा खुम्चियो (सूचीसहित)

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बैंकिङ तरलता अभावको प्रभाव जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जनमा देखिएको छ । फागुन महिनामा अधिकाम्स जीवन बीमा कम्पनीहरु नविकरण बीमा शुल्क आर्जनमा केन्द्रित देखिएका छन् । फागुन महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले १० अर्ब ९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्क आर्जन भने जम्मा २ अर्ब ८८ करोड रुपैयाँ मात्रै छ ।

यस महिनामा नविकरण बीमा शुल्क आर्जन ८ अर्ब एक करोड रुपैयाँ रहेको छ । यस महिनामा अधिकाम्स बीमा कम्पनीहरुले नयाँ व्यवसाय भित्र्याउन नसके पछि नविकरण बीमा शुल्कमा ध्यान केन्द्रित गरेका हुन् ।

Prabhu
Crest

फागुन महिनामा मात्रै सर्वाधिक धेरै नेपाल लाइफले २ अर्ब ८४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जस मध्ये सबैभन्दा धेरै नविकरण बीमा शुल्क २ अर्ब ३३ करोड रुपैयाँ छ भने प्रथम बीमा शुल्क आर्जन ५१ करोड ३२ लाख रुपैयाँ मात्रै छ ।

त्यस्तै दोस्रो धेरै बीमा शुल्क आर्जन गरेको लाइफ इन्स्योरेन्स कर्पोरेसनले फागुन महिनामा मात्रै एक अर्ब ३६ करवड रुपैयाँ आर्जन गरेको छ । जस मध्ये प्रथम बीमा शुल्क २१ करोड ५ लाख रुपैयाँ रहेको छ भने नविकरण बीमा शुल्क आर्जन ११ करोड ५३ लाख रुपैयाँ छ ।

तेस्रो नम्बरमा रहेको नेशनल लाइफले फागुन महिनामा मात्रै एक अर्ब ११ करोड रुपैयाँ आर्जन गर्दा प्रथम बीमा शुल्क आर्जन २९ करोड २७ लाख रुपैयाँ रहेको छ भने नविकरण बीमा शुल्क ८२ करोड ३७ लाख रुपैयाँ छ । फागुन महिनामा युनियन लाइफले ७७ करोड ८१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्क आर्जन १४ करोड ३० लाख रुपैयाँ मात्रै छ ।

युनियन पछि पाँचौ स्थानमा रहेको एशियन लाइफले फागुनमा ५० करोड ७१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्क भने ११ करोड ८३ लाख रुपैयाँ छ । त्यस्तै सिटिजन लाइफले ५० करोड ७१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम भने २४ करोड ४९ लाख रुपैयाँ छ । प्रथम तर्फ सिटिजन तेस्रोत स्थानमा छ । मेट लाइफले पनि प्रथम बीमा शुल्क आर्जन २४ करोड ४९ रुपैयाँ आर्जन गर्दा नविकरण भने २६ करोड १४ लाख रुपैयाँ छ ।

प्राइम लाइफले नविकरण बीमा शुल्क आर्जन ३७ करोड १८ लाख रुपैयाँ आर्जन गर्दा प्रथम भने ९ करोड १५ लाख रुपैयाँ मात्रै छ । सूर्या लाइफले ३९ करोड ७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम तर्फ भने १५ करोड ५३ लाख रुपैयाँ आर्जन गरेकव छ ।

ज्योति लाइफले फागुन महिनामा ३७ करोड २२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा नविकरण भने १७ करोड ५० लाख रुपैयाँ रहेको छ । रिलायबल नेपालले भने ३६ करोड ४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दा नविकरण तर्फ नै १९ करोड ८८ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

सन नेपालको पनि नविकरण भन्दा प्रथम बीमा शुल्क आर्जन नै धेरै छ । कम्पनीले ३२ करोड ८८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्क भने १८ करोड ९५ लाख रुपैयाँ आर्जन गरेको छ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थाले २५ कोड ६६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दा नविकरण तर्फत नै २१ करोड २२ लाख रुपैयाँ छ ।

आइएमई लाइफले २४ करोड २३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दा नविकरण बीमा शुल्क जम्मा ७ करोड ४५ लाख रुपैयाँ मात्रै छ । पुरानो जीवन बीमा मध्ये सबैभन्दा कमजोर गुराँस लाइफले २१ करोड ९६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम भने जम्मा २ करोड ७८ लाख रुपैयाँ छ ।

रिलायन्स लाइफले २१ करोड ८३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दा नविकरण मात्रै १४ करोड ९५ लाख रुपैयाँ छ । सानिमा लाइफको भने २० करोड रुपैयाँ रहेको छ । त्यस्तै प्रभु लाइफले १५ करोड १३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम भने जम्मा ५ करोड १८ लाख रुपैयाँ मात्रैं छ । जीवन बीमा कम्पनी मध्ये सबैभन्दा कम महालक्ष्मी लाइफले ११ करोड ३६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्क भने ४ करोड १८ लाख रुपैयाँ रहेको छ । फागुन एक महिनामा मात्रै एक अर्ब भन्दा माथि व्यवसाय गर्नेमा नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन र नेशनल लाइफ रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS