IME Life
Beema Board

एनएलजी इन्स्योरेन्सको सञ्चालकमा शालिनी राणा र भरत कुमार थापा निर्विरोध

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको सर्वसाधारण लगानीकर्ताको तर्फबाट शालिनी राणा र भरत कुमार थापा निर्विरोध निर्वाचित हुने भएका छन् । दुबै जना विद्यमान शेयरधनी हुन् । शेयरधनीहरुले सर्वसम्मत रुपमा उनिहरुलाई दोहोर्याउन राजी भएका हुन् ।

सर्वसाधारण लगानीकर्ताहरुको तर्फबाट प्रतिनिधित्व गर्ने दुई सञ्चालकहरुको निर्वाचन कार्यक्रम अनुसार आज विहान साढे १० बजे देखि एक बजेसम्म मनोनयन पत्र दर्ता गर्ने समय थियो । तर तोकिएको समयसम्ममा जम्मा दुई जनाको मात्रै मनोनयन दर्ता भएको निर्वाचन अधिकृत छविलाल घिमिरेले जानकारी दिएका छन् । दुई जनाको मात्रै मनोनयन दर्ता भएकाले दुबै जना निर्विरोध निर्वाचित हुने भएका हुन् । यदि धेरै जनाले उमेदवारी दिएको भए चैत १७ गतेसम्म निर्वाचन कार्यक्रम लम्बिने थियो ।

Prabhu
Crest

कम्पनीले यहि चैत १७ गते १६ औ वार्षिक साधारणसभा आह्वान गरेको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट चुक्ता पूँजी एक अर्ब २० करोड रुपैयाँको १० प्रतिशतका दरले हुन आउने १२ करोड ६ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS