IME Life

साल्ट ट्रेडिङको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, एजिएम कहिले ?

SPIL
NIC ASIA

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा गर्ने र साधारणसभा प्रयोजनका लागि चैत १५ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसकारण आज चैत १४ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

कम्पनीले चैत ३० गते ५५ औ वार्षिक साधारणसभा बोलाएको छ । साल्ट ट्रेडिङले साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनश शेयर विशेष प्रस्तावको रुपमा पेश गर्ने भएको छ ।

Prabhu
Crest

कम्पनीले हाल कायम चुक्ता पूँजी २३ करोड ४ लाख रुपैयाँको १० प्रतिशत अर्थात २ करोड ३० लाख रुपैयाँ बोनस शेयर जारी गर्ने भएको हो । प्रस्तावित बोनस शेयर पछि कम्पनीको चुक्ता पूँजी २५ करोड ३४ लाख रुपैयाँ पुग्नेछ । कम्पनी ऐन २०६३ को दफा १०५ (१) को खण्ड (ख) बमोजिम ऋण सुविधा लिने स्वीकृती उपर छलफल गरी पारिन गर्ने विशेष प्रस्ताव रहेको छ ।

५५ औ वार्षिक साधारणसभाको लागि आर्थिक वर्ष २०७७/२०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्षको वासलात, नाफारनोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्नेछ । लेखापरीक्षण समितिको सिफारिस अनुसार आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने निजको पारिश्रमिक अनुमोदन गर्नेछ ।

सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिम चुक्ता पूँजीको शूल्य दशमलब पचास प्रतिशतका दरले नगद लाभांश बापत ११ लाख ५२ हजार ४१४ रुपैयाँ वितरण गर्न स्वीकृतिका लागि सभामा पेश गर्नेछ । यस अगाडी नियुक्त भएका सञ्चालकलाई साधारणभाले अनुमोदन गर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS