IME Life
Beema Board

महालक्ष्मी लाइफको सम्पत्ती शुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कम्पनीका विभिन्न शाखा उपशाखामा कार्यरत प्रमुखहरुका लागि आयोजित सम्पत्ती शुद्धीकरण निवारण सम्बन्धी तालिम चैत्र ६ गते चितवनको सौराहा स्थित होटल सेभेनस्टारमा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कम्पनीका विभिन्न ३८ शाखा/ उपशाखामा कार्यरत ३८ जना प्रमुखहरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धमा विस्तृत जानकारी गराइएको थियो ।

गैर कानुनी कमाई र आतंकवादी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले शुद्धीकरण गर्ने कार्यलाई कसरी नियन्त्रण गर्ने, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदी विषयमा विस्तृत जानकारी दिइयो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले कार्यक्रमको महत्व तथा प्रभावकारीताको बारेमा प्रकाश पारेका थिए । साथै कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक सपना खरेलले उक्त कार्यक्रममा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा प्रशिक्षण दिएकी थिइन् ।  कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठ र बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाको समेत उपस्थिती रहेको थियो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS