IME Life
Beema Board

तीन बीमा कम्पनीलाई छिट्टै सिइओ नियुक्ति गर्न समितिको निर्देशन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले तीन बीमा कम्पनीलाई पत्र काटेर छिटो भन्दा छिटो प्रमुख कार्यकारी अधिकृत नियुक्ति गर्न निर्देशन दिएको छ । समितिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बीमा कम्पनी र नेपाल इन्स्योरेन्स कम्पनीलाई प्रमुख कार्यकारी अधिकृत नियुक्ति गर्न निर्देशन दिएको हो ।

समितिले संस्थागत सुशासन निर्देशिका अनुसार तीन महिना भन्दा धेरै प्रमुख कार्यकारी अधिकृत विहिन बनाउन नपाउने भन्दै तत्काल प्रमुख कार्यकारी नियुक्ति गर्न भन्दै पत्राचार गरेको छ । संस्थागत सुशासनको निर्देशिका संसोधन गर्ने क्रममा बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको पद रिक्त भएको अवस्थामा रिक्त भएको मितिले तीन महिनाभित्र नियुक्त गरिसक्नु पर्ने व्यवस्था गरेको छ ।

Prabhu
Crest

तर तीन वटै बीमा कम्पनी विगत तीन महिना भन्दा लामो समयदेखि प्रमुख कार्यकारी अधिकृत विहिन छन् । नेपाल लाइफका निवर्तमान प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गत कार्तिकमा राजिनामा दिएर बाहिरिए सँगै कम्पनीले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न सकेको छैन । त्यस्तै राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत पद गत भदौदेखि खाली छ । कम्पनीले प्रमुख कार्यकारी अधिकृतको नियुक्ति प्रकृयाँ अगाडी बढाएर पदपुर्ती सिफारिस समितिले नाम सिफारिस गर्दा पनि नियुक्त गर्न सकेको छैन ।

समितिले प्रकृयाँ पुरा गरेको यतिका समय वितिसक्दा पनि किन नियुक्त नगरेको भन्दै स्पष्टिकरण सोधेको छ । तर कम्पनीमा अर्थमन्त्रीको ठाडो हस्तक्षेप र सञ्चालक समितिका पदाधिकारीहरु विचमा कुरा नमिल्दा नाम टुङ्गिन नसकेको हो । अर्थमन्त्रीले आफुले भनेको व्यक्ति नियुक्त नगरेमा प्रकृयाँ नै रद्द गर्ने धम्की दिएका छन् । तर अर्थमन्त्रीले भनेको व्यक्ति नियुक्त नगरे पछि यो विवाद आएको हो ।

त्यस्तै नेपाल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत पद विगत ६ महिना भन्दा लामो समयदेखि रिक्त छ । कम्पनीले विके महर्जनलाई सीइओ बनाउने गरी कायम मुकायम सीइओमा नियुक्ति गरेको थियो । तर कुलिङ परियडका कारण उनलाई सिइओ बनाउन सकेको छैन ।

कुलिङ पिरियड सकिए पछि नेपाल इन्स्योरेन्सले विके महर्जनलाई नै नियुक्त गर्नेछ । तर नेपाल लाइफले अहिलेसम्म कसलाई प्रमुख कार्यकारी अधिकृत बनाउने हो टुङ्गो छैन । अर्को तर्फ विवादका कारण राष्ट्रिय बीमा कम्पनीले पनि टुङ्गो लगाउन सकेको छैन । यदि विवाद टुङ्गियो भने राष्ट्रिय बीमा कम्पनीले सिफारिसमा परेका तीन जना मध्ये एक जनालाई सजिलै नियुक्त गर्नेछ । तर विवादका कारण कहिले टुङ्गो लाग्ने हो पत्तो छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS