IME Life
Beema Board

विशाल ग्रुपको अंशबण्डा पछि १० प्रतिशत संस्थापक शेयर ८ जनाको नाममा ‘सर्वसाधारण शेयर’मा परिणत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एलआइसी नेपालको संस्थापक शेयरधनी विशाल ग्रुपका सदश्यहरुको पारिवारिक अंशबण्डा पछि १० प्रतिशत संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गरिएको छ । मोरङ जिल्ला अदालतबाट विशाल ग्रुप भित्रका सदश्यहरुको हिस्सा तय भए पछि १० प्रतिशत हिस्सा विशाल ग्रुप सहित व्यक्तिका नाममा गएको संस्थापक शेयरलाई सर्वसाधारण समुहमा परिणत गरेको हो ।

हिजोका दिनमा ग्रुपको नाममा २५ प्रतिशत संस्थापक शेयर थियो । तर अंशबण्डा पछि विशाल ग्रुपकै नाममा भने १५ प्रतिशत संस्थापक र २.३२ प्रतिशत सर्वसाधारण शेयर सहित १७.३२ प्रतिशतमा झरेको छ । मोरङ जिल्ला अदालतको निर्देशन अनुरुप विशाल ग्रुप भित्रकै ८ जनाको नाममा ७.६८ प्रतिशत शेयर कायम भएको छ । विशाल ग्रुपका ८ जना सदश्यहरुले आफ्नो नाममा पर्न आएको संस्थापक शेयर साधारणसभाबाट पारित गरी सर्वसाधारण शेयरमा परिणत गरेका हुन् ।

Prabhu
Crest

साधारणसभाबाट पारित भए पछि २२ लाख ११ हजार कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । जसमा जगदीश प्रसाद अग्रवालको नाममा १.१२ प्रतिशत अर्थात ४ लाख २४ हजार ५१२ कित्ता शेयर परिणत गरिएको छ । त्यस्तै अर्पित अग्रवाल, अनुज अग्रवाल, त्रिलोक चन्द्र अग्रवाल, विशाल अग्रवाल र तुल्सीराम अग्रवालको नाममा ०.९६ प्रतिशतका दरले प्रत्येकको नाममा २ लाख १२ हजार २५६ कित्ता वितरण गरिएको छ । निकुञ्ज अग्रवालको नाममा ०.६३९७ प्रतिशत अर्थात एक लाख ४१ हजार ४४७ कित्ता र संचिता अग्रवालको नाममा ०.३२०३ प्रतिशत अर्थात ७० हजार ८०९ कित्ता सर्वासाधारण शेयर परिणत गरिएको छ ।

भारतीय जीवन बीमा निगमको ५५ प्रतिशत र विशाल ग्रुपको १५ प्रतिशत संस्थापक हिस्सा कायमै छ । अव विशाल ग्रुपको नाममा १५ प्रतिशत संस्थापक र २.३२ प्रतिशत सर्वसाधारण शेयर सहित १७.३२ प्रतिशत कायम भएको छ ।

कम्पनीको १८ औ वार्षिक साधारणसभाले संस्थापक शेयरधनीहरुको १० प्रतिशत शेयरलाई सर्वसाधारण शेयरमा परिवर्तन गर्ने निर्णय पारित गरेको थियो । अव एलआइसी नेपालको पनि दोस्रो बजारमा शेयर सप्लाइ बढ्ने भएको छ । हिजोका दिनमा भारतीय जीवन बीमा निगमको ५५ प्रतिशत र विशाल ग्रुपको २५ प्रतिशत सहित ८० प्रतिशत संस्थापक शेयर थियो । अव दोस्रो बजारमा सर्वसाधारण समुहको ३० प्रतिशत सप्लाइ हुने अवस्थामा पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS