IME Life
Beema Board

प्रभु लाइफका सिइओ पौडेलको वार्षिक तलब सुविधा ४५ लाख २४ हजार रुपैयाँ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले वार्षिक ४५ लाख २४ हजार ५३७ रुपैयाँ बुझेका छन् । उनले यो तलब तथा भत्ता आर्थिक वर्ष २०७६/७७ मा बुझेका हुन् ।

पौडेलले तलब भत्ता, अलाउन्सेस तथा अन्य सुविधा बापत ४४ लाख २४ हजार रुपैयाँ बुझेका छन् भने यस बाहेक कम्पनीले उनि सहित उनको स-परिवारको स्वास्थ्य बीमाका लागि एक लाख रुपैयाँ बीमा शुल्क भुक्तानी गरिदिएको छ । पौडेलले कम्पनीबाट राजिनामा दिइसकेका छन् । उनले दिएको राजिनामालाई कम्पनीले यहि मसान्तसम्म कायम रहने गरी स्वीकृत गरिसकेको छ ।

Prabhu
Crest

पौडेल २०७६ जेठमा नेपाल राष्ट्र बैंकबाट अवकास पाउने वित्तीकै प्रभु लाइफमा आवद्ध भएका थिए । उनलाई चार वर्षका लागि नियुक्ति दिइएको भए पनि कार्यकाल नसकिदै राजिनामा दिएर बाहिरिएका हुन् ।

कम्पनीको यस आर्थिक वर्षमा कर्मचारीहरुका लागि ७ करोड ९ लाख ५२ हजार रुपैयाँ तबलमा खर्च भएको छ भने अलाउन्से बापत २ करोड ९० लाख खर्च भएको छ । कम्पनीका सञ्चालकहरुले यस वर्षमा ४ लाख रुपैयाँ बैठक भत्ता र तीन लाख ८४ हजार रुपैयाँ अन्य भत्ता बुझेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS