IME Life
Beema Board

प्रभु लाइफको चौंथो वार्षिक साधारण सभा सम्पन्न, सर्वसाधारण समुहबाट दुई संचालक निर्विरोध निर्वाचित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको चौंथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा होटेल रेडीसन काठमाडौँमा सम्पन्न भएको हो । सभाबाट अध्यक्षको मन्तव्य तथा सञ्चालक समितिको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित भएको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पारित भएका छन् ।

त्यस्तै, सभाले समुह ‘ख’  संस्थापक शेयरधनीको तर्फबाट सिए शंकर गौतम र सिए दीपक पाण्डे सर्बसम्मत निर्बाचित भएका छन् । त्यस्तै, समुह ‘क’ संस्थापक शेयरधनीका तर्फबाट डा. बिमला दाहाल रेग्मी र स्वतन्त्र संचालकमा  अनिल प्रसाद श्रेष्ठ लाई संचालक समितिले गरेको नियुक्तिलाई सभाले अनुमोदन गरेको छ । साथै, सभाले सञ्चालक समितिको बैठकमा उपस्थित भए वापत अध्यक्ष र सञ्चालकले पाउने बैठक भत्ता वृद्धि गर्ने सम्बन्धी प्रस्ताव स्कीकृत गरेको छ ।

Prabhu
Crest

सञ्चालक समितिको निर्णयहरु अनुमोदन गर्ने, कम्पनीको प्रवन्धपत्र नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संशोधन गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीको प्रस्तावित संशोधन नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सो लाई समाविष्ट गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत सभाले पारित गरेको छ ।

त्यस्तै, सभाले कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड प्रभावितलाई सहयोग गर्न नेपाल सरकारलाई प्रदान गरेको आर्थिक सहायता वापतको रकम ७५०,००० कम्पनी ऐन, २०६३ को दफा १०५(१)(ग) बमोजिम अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS