IME Life
Beema Board

दाबी भुक्तानीको आधारमा नेपालमा नम्बर वन बीमकको दौड कहिले शुरु हुने ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । केही महिना अघि चल्तीको एउटा जीवन बीमकले सर्वोत्कृष्ट घोषित गर्दै व्यापक रुपमा प्रचार अभियान शुरु गरेपछि उत्कृष्ट जीवन बीमक कस्तो कम्पनीलाई भन्ने विषयमा बहस शुरु भएको छ । उत्कृष्ट बीमक हुनुको धेरै मापदण्डहरुमध्ये दुई चार मापदण्ड पुरा गरेकै भरमा आफूले आफैंलाई सर्वोत्कृष्ट घोषित गर्ने अभ्यासले जीवन बीमा बजारमा विकृति निम्त्याउने भन्दै सरोकारवालाले आपत्ति जनाएपछि नियामक निकायले  नम्बर १ अभियानमा अनौपचारिक रुपमा रोक लगायो ।

बीमितले गरेको दाबीको समयमै भुक्तानी, सर्वाधिक दाबी भुक्तानी अनुपात, बीमितले बीमाशुल्क मार्फत् गरेको लगानीमा उच्चत्तम प्रतिफल, द्रूत र ग्राहकमूखी बीमा सेवा, बीमालेख सम्बन्धी सेवामा सहज पहुँच, सुरक्षित लगानी र उच्चत्तम प्रतिफल, वित्तीय दायीत्व पुरा गर्न सक्ने क्षमता लगायतको मापदण्डको आधारमा कुनै पनि जीवन बीमक कतिको सक्षम वा असक्षम छ भन्ने बारे विश्लेषण गर्न सकिन्छ । तर सर्वाधिक संख्यामा बीमालेख जारी गरेको वा सर्वाधिक बीमाशुल्कआर्जन गरेकै आधारमा कुनै पनि कम्पनीले आफूलाई सर्वोत्कृष्ट घोषित गर्नु मपाईं मात्र हुन जान्छ ।

Prabhu
Crest

दाबीभुक्तानीको अवस्थाः
पछिल्लो पाँचवर्षको अवधिमा बीमा समिति समक्ष बीमा दाबी सम्बन्धमा २ सय ४७ वटा मुद्दा दर्ता भएका छन् । यीमध्ये गत माघ मसान्तसम्ममा ५५ वटा मुद्दाको मात्र समितिबाट टुंगो लागेको छ । अझै १ सय ९२ वटा मुद्दाविचारधिन छ । चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा ६७ वटा मुद्दा दर्ता भएका छन् ।

नियामक निकायको कमजोरीका कारण जीवन बीमकले अझै पनि ठूलो संख्यामा मृत्यु दाबी वापतको भुक्तानी गर्न बाँकी छ । कूल १९ वटा जीवन बीमकमध्ये धितोपत्र बजारमा सूचीकृत १२ वटा कम्पनीले प्रकाशन गरेको चालू आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणका अनुसार ३ अर्ब १ करोड १४ लाख रुपैयाँ भन्दा बढी दाबी भुक्तानी गर्न बाँकी रहेको छ । कूल जीवन बीमा बजारमा एक तिहाई हिस्सा ओगटेको एउटै कम्पनीले ६० प्रतिशतभन्दा बढी दाबी भुक्तानी गर्न बाँकी छ ।

नेपालमा बीमा कम्पनीहरुको दाबी भुक्तानी अनुपात कति छ ? भन्ने प्रश्नको यकीन र भरपर्दो तथ्यांक बीमा समितिले उपलब्ध गराउन सकेको छैन । छिमेकी मुलुक भारतमा शीर्ष स्थानमा रहेका बीमकहरुको दाबी भुक्तानी अनुपात ९८.३ देखि ९९.३ प्रतिशत सम्म रहेको छ । अर्को छिमेकी मुलुक बंगलादेशमा यस्तो अनुपात ७५ प्रतिशत रहेको छ ।

बीमा समितिकाअध्यक्ष सूर्य प्रसाद सिलवाले दाबी भुक्तानी लामो समयदेखि थाती रहेको विषयमा गम्भीर चासो देखाउँदै बीमकलाई चेतावनी दिएपनि अझैसम्म पनि बीमा दाबीको समस्या समाधान हुन सकेको छैन । निर्जीवन बीमामा बीमा दाबीमा समस्या देखिएपनि जीवन बीमामा प्राविधिक विषय नहुने भएकोले दाबी भुक्तानी गर्ने वान गर्ने भन्ने निर्णय लिन सहज हुन्छ ।

बीमा समितिको निर्देशनपछि केही जीवन बीमकले वर्षौदेखि थाती रहेका बीमा दाबीको फछ्र्यौटमा सकृयता देखाएपनिअझै पनि ठूलो रकम बीमितले भुक्तानी प्राप्त गर्न बाँकी रहेको भन्ने वित्तीय विवरणहरुले प्रट्याउँछ । नेपालमा अझै पनि क्रेडिट रेटिङ एजेन्सी मार्फत् वित्तीय विश्वसनीयताको परिक्षणगर्न लगाएर बीमा कम्पनीहरुको उत्कृष्टता मापन गर्ने अभ्यास शुरु हुन सकेको छैन । शेयरजारीकर्ता कम्पनीको रुपमा समय समयमा बीमकले क्रेडिट रेटिङ गराए पनि नियमित रुपमा क्रेडिट रेटिङ गरेको पाइदैंन ।

बीमा दाबी भुक्तानी अनुपात र क्रेडिट रेटिङको आधारमा बीमा कम्पनीहरुले आफूलाई उत्कृष्ट दाबी गर्ने अभ्यास शुरु भएमा बीमित र पूँजीबजारका लगानीकर्ता दुबैलाई अझै पनि फाइदा मिल्ने थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS