IME Life
Beema Board

नेशनल लाइफद्धारा अभिकर्ता पुनतार्जगी कार्यक्रम सम्पन्न, ६ स्किममा उत्कृष्टलाई सम्मान

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको कंलकी शाखाले अभिकर्ता पुनर्ताजगी, उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले उक्त कार्यक्रम मार्फत अभिकर्ताहरुलाई कम्पनीको विभिन्न स्किम तथा बीमा पोलिसीको बारेमा जानकारी गराएको थियो भने ६ वटा स्किममा एजेन्सीहरुलाई सम्मान समेत गरेको कलंकी शाखा प्रबन्धक रामचन्द्र घिमिरेले जानकारी दिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा कम्पनीका केन्द्रीय कार्यालयका एजेन्सी विभागका प्रमुख शुसिल प्रताभ राणा र विशेष अतिथीको रुपमा केन्द्रीय कम्पनीका एजेन्सी डिपार्टका जेनिस साउद रहेका थिए ।

Prabhu
Crest

कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहेका कम्पनीका केन्द्रीय कार्यालयका एजेन्सी विभागका प्रमुख शुसिल प्रताभ राणाले हेलिकप्टर टुरको बारेमा, एमडिआरटीको बारेमा, एजेन्सी प्याकेजहरुको बारेमा र कम्पनीका विभिन्न पोलिसीहरुको बारेमा अभिकर्ताहरुलाई जानकारी दिएका थिए ।

सोही कार्यक्रममा सांकृतिक कार्यक्रमको पनि आयोजना भएको थियो । कार्यक्रममा वरिष्ठ कलाकार सागर गुरुङ, भावना आचार्या, सुमिला गुरुङ,दिपक अर्याल, विनोद शर्मा र सुमन श्रेष्ठले बीमा चेतना हुने खालका तथा कम्पनीकै श्लोगनमा बीमा सम्बन्धीका गितहरु मार्फत सन्देश व्यक्त गरेका थिए ।

कार्यक्रममा १०५ जना एजेन्सीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा कम्पनीको शाखा कार्यालय कलंकीले यस वर्ष एमडिआरटीका लागि छनोट भएका ४ जना, चियर परशन क्लबबाट उत्कृट भएका ६ जना, साउन १ गतेबाट हालसम्म व्यक्तिगत कोडमा उत्कृष्ट व्यवसाय गर्ने ३ जना, सञ्जालबाट उत्कृट व्यवसाय गरेका ३ जना, र कन्याम वर्कशव क्वालिफायरमा छनोट भएका ४ जना एजेन्सीहरुलाई सम्मान गरेको थियो ।

त्यसैगरी कम्पनीले सबैभन्दा धेरै नम्बर अफ पोलिसी विक्री गर्ने १ जना एजेन्सीलाई पनि सोही कार्यक्रम मार्फत सम्मान गरेको छ । जसले ४६ वटा बीमा पोलिसी विक्री गरेको कलंकी शाखा प्रबन्धक घिमिरेले जानकारी दिए ।

त्यस्तै, कम्पनीले केही समय अगाडी टिकटक प्रतियोगिता गरेको थियो । उक्त प्रतियोगितामा कम्पनीको गितमा टिकटक बनाउने सबैलाई यसै कार्यक्रममा सम्मान गरेको समेत जनाएको छ । त्यस्तै, कम्पनीको स्किम अनुसार फागुन र चैत महिनामा १० लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्नेलाई हेलिकप्टर टुरबाट गोसाइकुण्ड जाने गरी कम्पनीले ल्यायो स्किममा अहिलेसम्म यस शाखाबाट योग्य भएका १ जनालाई पनि सम्मान गरेको छ भने अझै चैत महिना बाँकी भएकाले योग्य व्यक्ति छनोट हुन सक्ने कलंकी शाखा प्रबन्धक रामचन्द्र घिमिरेले जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS